काठमाडौं– पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिष्पर्धा गर्नेछ। नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।
फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद् नतिजाको अपेक्षासहित मैदान उत्रनेछ। जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ।
भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ। फिफा वरीयतामा भियतनाम ३३औं स्थानमा रहेको छ। नेपाल १०० औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।