• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटरब्याजीको फन्दामा परेपछि छोराबाटै घरनिकाला भएका कोइरी, जसले गाउँमा दुई वटा विद्यालय खोलेका थिए

64x64
कल्पना घिमिरे बिहीबार, चैत २३, २०७९  ०८:१६
1140x725

काठमाडौं– लामो दाह्री, सेतै फुलेको कपाल। निधारमा ठूलो टीका। सन्त जस्तै देखिने ८० वर्षीय एक वृद्ध मिटरब्याज पीडितको हुलमा मिसिए। उनी थिए- नवलपरासी, सेरावतका प्रेमनाराण कोइरी।

‘हिँजो १२ बजेदेखि खाना खाएको छैन। अरु फुका चिउरा चपाउँदै आइपुगे। मेरो दाँत छैन चपाउन। भोको पेट लिएर आन्दोलनमा हिँड्नु परेको छ,’ उनी सुनाउँदै थिए।

मिटरब्याजपीडित हुन् कोइरी। ८ वर्षअघि मिटब्याजमा ऋण लिएको र ऋण तिरिसकेर पनि साहुले जग्गा फुकुवा नगरेपछि उनी पटकपटक जग्गा फुकुवाका लागि विभिन्न निकायमा धाए। तर न्याए पाएनन्। न्याय माग्दै काठमाडौं धाएको पनि निकै पटक भइसकेको उनी सुनाउँछन्।

‘म पहिला पनि आएको थिएँ। डेढ महिनासम्म आन्दोलन गर्दा सरकारले न्याय दिलाउने भनेर सहमति गर्‍यो। तर हामीले अहिलेसम्म न्याय पाउन सकेनौँ। कति पत्रकारले मेरो भिडियो बनाएर लगे, आखिर केही भएन,’ कोइरीले गुनासो पोखे।

पहिला उनको फुसको छानो भएको घर थियो। छिमेकमा सबैले पक्की घर बनाएका थिए। उनको मुल सडकको छेउमा राम्रो जमिन थियो। त्यही जमिनमा उनलाई पक्की घर बनाउने रहर जाग्यो।

‘जमिन त थियो तर घर बनाउने पैसा थिएन। मैले सोचेँ, ऋण लिएर एउटा पक्की घर बनाउँछु। अरु जमिन पनि बाटोको छेउमा छ। बिक्री भइहाल्छ। जग्गा अहिले बिक्री गर्दा सस्तो पर्न जान्छ। बरु ऋण लिएर जग्गाको मोल बढेपछि ऋण तिर्छु भनेर महाजनसँग ऋण लिएको थिएँ,’ उनी सुनाउँछन्। 

336974742_247417661056919_8900926293398839180_n1680596434.jpg

२०७२ सालमा कोइरीले जीतपुरका बसन्त कुँवरसँग मासिक सयकडा ५ प्रतिशतले तिर्ने गरी डेढ बिघा जमिन दृष्टिबन्धक राखेर ५ लाख रुपैयाँ ऋण लिए। उनले ५ लाख रुपैयाँ नगद लिए तर कुँवरले १० लाख ऋण लिएको कपाली तमसुक बनाएछन्।

nimb
nimb
Ncell 2
Ncell 2

ऋण र आफूले जोहो गरेको रकमबाट मुल सडककै छेउमा पक्की घर बनाए। साहुसँग लिएको ५ लाख र आफूसँग भएको ३ लाख थपेर घर बनाए। एक वर्षपछि उनले आफ्नो सडक छेउमा भएको दुई कठ्ठा जग्गा १८ लाखमा बिक्री गरे। त्यसपछि उनी आफूले ऋण लिएको कुँवरकहाँ ऋण तिर्न पुगे। कुँवरले तमसुक निकालेर हिसाब गरे। ब्याजको स्याज र स्याजको पनि ब्याज जोड्दा २० लाख तिर्नुपर्ने सुनाए।

‘ऋण तिर्न जाँदा मात्रै थाहा भो, साहुले मलाई छलेर ५ लाख ऋण लिएकोमा १० लाख तमसुकमा लेखेका रहेछन्। त्यसपछि ब्याजको स्याज, स्याजको पनि ब्याज जोडेर २० लाख रुपैयाँ भएको सुनाए। त्यो सुनेर म त झण्डै बेहोस भएँ,’ उनी सुनाउँछन्।

कोइरीले यो कुरा घरपरिवारमा सुनाए। घरमा छोरा रिसाए। उता महाजनले ऋण नतिरे अदालतमा केस हाल्ने धम्की दिए। त्यसपछि उनले आफूसँग भएको १८ लाख रुपैयाँ दिएर महाजनलाई थमाउन खोजे। १८ लाख दिए तर साहुले उनको जमिन फिर्ता गरेनन्। 

‘१८ लाख दिएपछि महाजनले जग्गा वापस गर्छु त भने तर तमसुक च्यातेनन्। अझै दुई लाख मागे। मैले त्यो दुई लाख तिर्न सकिनँ। त्यसपछि मेरो घर मात्र रह्यो। केही दिनपछि आफ्नै छोराले किन ऋण लिएर जग्गा महाजनको नाम गरिदिएको भनेर उल्टै हामी बाउआमालाई घरबाट नै निकालिदियो,’ कोइरीले रुँदै भने।

छोराले घरनिकाला गरेसँगै उनीहरु केही दिन भोकै परे। कहिले टोलमा मागेर खाए। त्यसपछि उनीहरुले सडकको छेउमा छाप्रो हालेर बसे। श्रीमतीसँग केही रकम थियो। त्यो रकमले उनीहरुले सानो व्यवसाय थाले। त्यही छाप्रोबाट तरकारी बिक्री गर्न थाले। सुरुका दिन निकै कठिनले बिते। टोलमै प्रशस्त तरकारी उत्पादन हुने भएकाले बिक्री हुँदैनथ्यो। पछि राख्दै गएपछि तरकारी बिक्री हुन थाल्यो। 

‘अहिले दिनमा दुई/चार सय कमाइ हुन्छ। हामी दुई जनालाई खान-लाउन र दबाइ गर्न पुग्छ। खुट्टा सुन्निरहन्छ। उपचार गराउनै पर्‍यो। एक जमानामा म जमिनदार थिएँ, अहिले सुकुम्बासी भएँ,’ उनी सुनाउँछन्।

उनको खुट्टामा समस्या भएको रहेछ। दायाँ खुट्टा देखाउँदै ‘एउटा खुट्टाको भरमा हिँडेको छु। उभिन पनि राम्रो सक्दिनँ। अहिले पनि सुन्निएकै छ। यसको उपचार गराउँदा तरकारी बेचेको पैसा सकिन्छ,’ कोइरीले भने।

336779955_1445229352950101_4438579208313727540_n1680596434.jpg

यसअघि उनी कृषि क्षेत्रको काम गर्थे। कृषि फार्ममा गएर कस्ताकस्ता औषधि हालेर किरा मार्नु पर्छ। कुन बालीमा कुन मल हाल्ने जस्ता कामहरु सिकाउने गरेको उनले बताए।

स्कुल पढ्न भारत जानुपर्दा गाउँमा आफैंले विद्यालय खोलेको प्रसङ्ग समेत सुनाए कोइरीले।

उनी  बाल्यकालमा निकै टाढाको विद्यालयमा पढ्न जानुपर्ने बाध्यता थियो। त्यो पनि जम्मा आठ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। त्यसपछि भारतमा पढ्न जानुपर्ने हुन्थ्यो। उनी १३ वर्षका थिए। कक्षा ८ सम्मको पढाइ सकाए। त्यसपछि उनका बुबाले पढ्न भारत पठाए। 

भारतमा उनलाई त्यहाँ पढ्न मन लागेन। बरु नेपालमा विद्यालय खोल्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थे। त्यसपछि त्यहाँबाट नपढी घर फर्किए। ‘२०१२ सालमा गाउँ आएर छाप्रो हालेर विद्यालय खोलेको थिएँ। अहिले त्यो जनता माध्यमिक विद्यालयको नामले चिनिन्छ। मैले विद्यालय खोलेपछि दुई वर्षसम्म त्यहाँ पढाएँ,’ उनले भने।

त्यसपछि उक्त विद्यालय गाउँकै समितिले चलायो। केही वर्षपछि सरकारले चलाउन थालेको उक्त विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ हुने कोइरी बताउँछन्। यस्तै १५ वर्षअघि उनले गाउँमा बाल्मीकि निम्न माध्यमिक विद्यालयसमेत खोलेको बताए। जहाँ अहिले कक्षा ८ कक्षासम्म पढाइ हुन्छ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कर्मचारी तन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिन्छ : काननुनमन्त्री गौतम बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीहरूसँग... बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री कार्यालयमा थुनिएकोबारे अख्तियार प्रमुख राईले संसदीय समितिमा के जवाफ दिए? बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले  यस विषयमा उठाएको प्रश्नबारे जवाफ दिँदै त्यसबेला पासपोर्ट प्रकरणको विषयम... बिहीबार, भदौ ४, २०८३
प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ, मुख्य राजमार्ग रुपमा ठप्प घटनापछि स्थानीय स्तरबाट उठाइएका प्रहरीको लापरबाहीका बारेमा जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक ध्यान दिएको प्रजिअ मिश्रले बताए... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
नाबालिकासँग फेसबुकमा साथी बनेर अश्लील तस्बिर पोस्ट गर्ने युवक पक्राउ बिहीबार, भदौ ४, २०८३
लघुवित्त पीडित मानवअधिकार आयोगमा धर्नामा, प्रसाईंको घरमा प्रहरीको खानतलासी बिहीबार, भदौ ४, २०८३
कर्मचारी तन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिन्छ : काननुनमन्त्री गौतम बिहीबार, भदौ ४, २०८३
उद्धव थापामाथि गरिएको कारबाहीमा कमल थापाले लेखे ‘नोट अफ डिसेन्ट’ बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री कार्यालयमा थुनिएकोबारे अख्तियार प्रमुख राईले संसदीय समितिमा के जवाफ दिए? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्