काठमाडौं– फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै पराजित भएको छ।
पार्क डे प्रिन्समा आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १–० गोलले पराजित भयो।
लियोनको जितमा ब्राडली बार्कोलाको गोल निर्णायक बन्यो। बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
त्यसअघि पहिलो हाफमा अलेक्जान्डर लाकाजेटले प्रहार गरेको पेनाल्टी पोस्टमा लागेको थियो।
जितसँगै लियोन नवौं स्थानमा उक्लिएको छ। लियोनले २९ खेलमा ४४ अंक जोडेको छ।
पीएसजी २९ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानमा रहेको आरसी लेन्सको २९ खेलबाट ६० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।