• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘पुरानै सम्झौतामा आयोग गठन मिटरब्याज पीडितको आँखामा छारो’

64x64
कल्पना घिमिरे आइतबार, चैत १९, २०७९  २०:०३
1140x725
फाइल तस्बिर ।

काठमाडौं- देशभरका १८ जिल्लाबाट भोलि (सोमबार) थप १ हजार बढी मिटरब्याजपीडित काठमाडौं आइपुग्दैछन्। आफूहरुले न्याय नपाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रिएका छन्।

गत असोज १ गते पीडित र सरकारबीच ५ बुँदे सम्झौतासहित सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नगरी पुरानै ५ बुँदे सम्झौतामा आयोग गठन थप गरी पीडितलाई झुक्याइएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिका अभियन्ता मनोज खतिवडाले बताए।

‘पहिलाको ५ बुँदे सम्झौतामा आयोग गठन गर्ने सम्झौता थपी सरकारले समस्या समाधान गर्ने नभई लम्ब्याउन खोजेको उनले बताए। ‘अहिलेको कानुनी आवश्यकता भनेको गृह हुँदै कानुन मन्त्रालय पुगेको मिटरब्याज विरुद्धको कानुन मस्यौदालाई शीघ्र पूर्णता दिँदै नयाँ ऐन लागू गर्नु हो। आयोग गठन गरेर पीडितलाई आँखामा छारो हाल्न खोजिएको छ,’ उनले भने।

अहिले बर्दिबासबाट आइरहेका मिटरब्याज पीडितको नेतृत्व गर्दै आएका लिडर स्वयं पीडित नभई कुनै लाभ प्राप्त गर्नका लागि पीडितलाई ल्याएर सरकारले पहिला गरेको सहमति अनुसार मिल्न खोजेको उनले दावी गरे। 

‘त्यो पहिलेको सम्झौताले समस्या समाधान हुन सक्दैन। आयोग गठनले पनि हल गर्न सम्भव छैन। त्यसकारण मिटरब्याजपीडित अरु माग राख्न आउने भएका हुन्। मिटरब्याजविरुद्ध फास्ट ट्रयाकमा कानुन बनाउनुपर्ने हाम्रो माग छ। सरकारले मिटरब्याजका तमसुक अवैध भएको घोषणा तत्काल गरोस्। साथै मिटरब्याज विरुद्धका सम्पूर्ण मुद्दा तत्काल स्थगित गर्ने, फैसला भइसकेका मुद्दा पुनरावलोकन गर्ने र मिटरब्याजी साहु–महाजनको सम्पत्ति छानबिन गर्ने राजनीतिक बन्दोबस्त शीघ्र गरोस् भन्ने हाम्रो माग हो,’ उनले भने।

देशभर ३५ जिल्लाका पीडितहरू सम्पर्कमा आए पनि तत्काल १८ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेको उनले बताए। सोमबार काठमाडौंमा आन्दोलन सुरु गर्ने उनीहरूको तयारी छ। २० चैतमा सिंहदरबार, २१ चैतमा बालुवाटार र २२ चैतमा संसद् भवनअगाडि मार्चमास गरेर धर्नाका कार्यक्रम सार्वजनिक गरिने बताए।

मिटरब्याज पीडितहरु विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध आन्दोलित छन्। पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बस्ने गरेका छन्। यसअघि गत असारमा काठमाडौं आएर पीडितहरूले न्याय मागेका थिए। उनीहरू त्यतिबेला १४ दिनसम्म माइतीघरमा धर्ना बसेर फर्किएका थिए। दोस्रो पटक साउनमा न्यायको माग गर्दै काठमाडौं आएका मिटरब्याजपीडित र प्रहरीबीच कीर्तिपुरमा झडपसमेत भएको थियो। त्यतिबेला उनीहरु ४१ दिनपछि फर्किएका थिए।

सहमति कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
गत चैत २ गते बर्दिवासदेखि पैदल हिँडेका मिटरब्याजपीडित ११औं दिनमा काठमाडौं आइपुगेका थिए।  भोलिपल्टदेखि नाराबाजी गर्दै कहिले खुलामञ्च अगाडि त कहिले माइतीघर, कहिले बालुवाटार र कहिले बानेश्वरमा आन्दोलित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार पीडितहरूले बालुवाटारमै पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्ना पीडा सुनाए। पीडितहरूले रुँदै आफूहरूलाई मिटरब्याजीहरूले सुकुम्बासी बनाएको र तत्काल समस्या समाधान गरी मिटरब्याजीको जालोबाट मुक्त गराइदिन अनुरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता जनाए।

उक्त समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी अघि बढेको र मिटरब्याजीहरूलाई कानुनको दायरामा ल्याउन सरकारले ऐन बनाउने प्रक्रिया अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो। साथै मिटरब्याजीहरूको सञ्जाल राज्यका संयन्त्रसँग पनि जोडिएको र कहीँ न कहीँ उनीहरूको कनेक्सन राजनीतिदेखि प्रहरी प्रशासनसम्म भएकाले सबै समस्याको समाधान गर्ने गरी सरकारले काम गर्ने बताए।

शनिबार नै सरकारी वार्ता टोली र मिटरब्याज विरुद्धको संघर्ष समितिबीच ५ बुँदे सहमति भयो।  त्यस सहमति अनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको भदौ २७ गतेको प्रतिवेदनमा उल्लेखित सिफारिसहरू शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने भनियो। 

यस्तै, अब बस्ने मन्त्रिपरिषद् बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्न सरकारलाई सिफारिस गर्ने सहमति पनि भएको छ। आयोग गठनपछि मिटरब्याजविरुद्धको संघर्ष समितिले गरिरहेको आन्दोलन फिर्ता लिइनेछ। सरकारले आयोग गठन गरेपछि मात्रै आन्दोलन फिर्ता हुने एक अभियन्ता गौतम राईले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता, गृहमन्त्री श्रेष्ठले पीडितहरूसँग भएको सहमति अविलम्ब सरकारले कार्यान्वयन गर्ने बताए।  सरकार र मिटरब्याज पीडितहरूबीच शनिबार पाँच बुँदे सहमति भएपछि सहमति कार्यान्वयन गराउने कुरामा आफू प्रतिवद्ध रहेको बताका थिए।

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याजपीडित काठमाडौं आएको पाचौँ दिनमा सरकारले आफूहरुका माग सम्बोधन गर्न गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न आयोग गठन गरेपछि आन्दोलन फिर्ता लिने तयारीमा छन्।

गत असोज १ गते मिटरबयाज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको उपस्थतिमा कार्यदलले वार्ता गर्याे। त्यसपछि उनीहरूले ५ बुँदे सम्झौतामा सहमति गरेर ४१ दिनको आन्दोलन स्थगित गरेका थिए।

उक्त सम्झौता सरकारले अहिलेसम्म कार्यान्वायन नगरेको पीडित पक्षका अभियान्ताहरुको गुनासो रहेको छ।

गम्भीर रुपमा रहेको सामान्तवादको अशेष
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज गम्भीर रुपमा रहेको सामान्तवादको अवशेष भएको बताए। उनले यसलाई हल गर्न विगतमा पनि पहल भएको तर प्रर्याप्त नभएको भन्दै यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताए। 

श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठन गरिने आयोगले फिल्डमै पुगेर काम गर्ने बताएका छन्। मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले अहिले पहल गरिरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

‘मिटरब्याज लिने कार्य कानुनमै कसुर हुने भएकोले संशोधन हुँदैछ। मन्त्रिपरिषदले यस्तो निर्णय गरिसकेको छ। सरकार यही समस्या समाधानका लागि आयोग बनाउने भनेको छ। यसले फिल्डमै गएर उजुरी लिएर आवश्यक कार्बाहीको सिफारिस गर्नेछ। हरेक उजुरीमा यसले काम गर्ने भएकोले सबै पीडितको कुरा सुनेर आयोगले काम गर्छौं,’ उनले भने।

मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आफू विगतमा सर्लाहीका मिटरब्याज पीडितहरुको आन्दोलनमा सरिक भएको र सञ्चारमाध्यमको समेत ध्यानाकर्षण गराएको बताए। तत्कालीन समयमा कतिपय पक्राउ परेको र केही तमसुक च्यातिएको भन्दै उनले यो समग्र तराईको समस्या भएकाले त्यही रुपमा काम गर्नुपर्ने बताए। 

उनले विगतमा आयोग बनेको र अहिले पनि बनेकाले समाधान नहुने भन्ने चिन्ताप्रति उनले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै श्रेष्ठले विगतमा कार्यदल बनाइएको र अहिले आयोग नै बनाउने सहमति भएको बताए।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्