काठमाडौं– नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ। आफ्नो दोस्रो खेलमा भुटानसँग एक/एक गोलको बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो। त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत् उत्कृष्ट गोल गरे।
अब नेपालले चैत्र १७ गते साँझ पाँच बजे लाओससँग फाइनल खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।