काठमाडौं– कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित निकालेको छ। समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि उसकै घरेलु मैदानमा ६-० गोलको जित निकालेको हो।
पोर्चुगलको जितमा रोनाल्डोले २ गोल गरे। यस्तै, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले १-१ गोल गरे।
पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्यो। खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। १५औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे। १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो।
३१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगल पहिलो हाफमै ४–० को अग्रता लिन सफल भयो। दोस्रो हाफको अन्त्यमा वैकल्पिक खेलाडी ओटाभियो र राफेल लिओले १-१ गोल गरे।
समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै पोर्चुगल शीर्षस्थानमा रहेको छ। पोर्चुगलको २ खलेबाट ६ अंक पुगेको छ। पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।