काठमाडौं– कप्तान लियोनेल मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सहज जित हासिल गरेको छ। अर्जेन्टिनाले घरेलु मैदानमा पानमामाथि २–० गोलको सहज जित हात पार्यो।
अर्जेन्टिनाको जितमा थियागो अल्माडा र मेसीले १–१ गोल गरे। शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले सुरुवातदेखि दबाब बढाए पनि गोलको लागि अन्तिम समयसम्म कुर्नु पर्यो।
खेलको ४६औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान छिरेका अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८९ओं मिनेटमा मेसीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।
शुक्रबार बिहानको खेलमा गरेको गोलसँगै मेसीले व्यवसायिक खेल करिअरमा ८०० गोल पूरा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।