• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चर्को मूल्यवृद्धिको मारमा उपभोक्ता, व्यापारीले मनोमानी मूल्य बढाउँदा पनि सरकार मौन

64x64
कल्पना घिमिरे बुधबार, चैत ८, २०७९  १९:०९
1140x725

काठमाडौं– यतिबेला बजारमा अत्यावश्यक वस्तु तथा सेवामा चर्को मूल्यवृद्धि भएको छ। उत्पादक, बिचौलिया, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले आफूखुसी तहतहमा मूल्य बढाउँदा अत्यावश्यक वस्तु खरिदमै उपभोक्ता महंगीको मारमा पर्ने गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्।

अहिले अत्यावश्यक वस्तु दाल, चामल, खाने तेल, तरकारी लगायत दैनिक भान्सामा प्रयोग हुने वस्तुको मूल्य चर्को वृद्धि भएको छ। यसरी मूल्य चर्को हुँदा आमउपभोक्ताले किनेर खान नसक्ने दिन नआउला भन्न सकिन्न।

तर, सरकार अत्यावश्यक वस्तु वा सेवाको मूल्यवृद्धि रोक्नेबारे मौन छ। मूल्यवुद्धि रोक्न सरकारका मातहतका न कुनै निकायले अनुगमन गर्छ, न त नियमन नै। उत्पादन बढाउन सरकारले अनुदान दिएर प्रोत्साहन गर्नु पर्ने तर, उल्टै व्यापारी र बिचौलियालाई मूल्य बढाउन उक्साउने गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ।

खाद्यान्न लगायतका वस्तुको मूल्य खुद्रा व्यापार संघले तोक्ने गर्दछ। तर, खुद्रा व्यापार संघको मूल्य एक प्रकार र खुद्रा व्यापारीहरूको मूल्य अर्को प्रकारको (फरक) हुने पाइन्छ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्रचार्यका अनुसार व्यापारीहरूले फरक–फरक ब्राण्डका खाद्यान्न बिक्री गर्ने हुँदा ब्राण्ड अनुसार मूल्य फरक पर्ने गरेको बताउँछन्। तर, एउटै खाद्यान्नलाई विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्ने गरेको उपभोक्ता अधिकारकर्मी विष्णु तिमिल्सिनाले बताए।

‘सरकारले सम्पूर्ण खाद्यवस्तुको मूल्य निर्धारणमा बेवास्ता गर्नाले विभिन्न कम्पनीले एउटै खाद्यवस्तुको आफूखसी मूल्य राखेर असुल्ने गरेका छन्। यसले गर्दा आमउपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। ठगिएका छन्। यसप्रति सरकारको ध्यान जावस्। खाद्यान्नको मूल्य सरकारले निर्धारण गर्नुपर्छ र विभिन्न बहानामा मूल्यवृद्धि गर्न कम गरिनु पर्छ,’ उनले भने।

फलफूल तथा तरकारी बिक्रेता आफैंले मूल्य निर्धारण गर्ने गर्दछन्। लागत अनुसार दैनिक तरकारी तथा फलफूलको होलसेल मूल्यम फरक पर्ने कालीमाटी तरकारी बजारका उपनिर्देश विनय श्रेष्ठ बताउँछन्। होलसेलबाट लगिसकेपछि भने व्यापारीले मनोमानी तवरले तरकारीको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने गरेको उनको भनाइ छ। 

२० देखि दुई सय रुपैयाँसम्म बढ्यो दुग्ध पदार्थ
यतिबेला दूधको मूल्य लिटरमा २० रुपैयाँ बढेको छ। पहिला सरकारी स्वामित्वको दुग्ध संस्थानले स्ट्यान्डर्ड दूध प्रतिलिटर ८६ रूपैयाँमा बिक्री गर्दा नीजि डेरीहरूले प्रतिलिटर एक सय रूपैयाँमा बिक्री गर्ने गर्थे। अहिले डीडीसीको उक्त दूधको मूल्य प्रतिलिटर ९७ रूपैयाँ पुग्दा नीजि डेरीहरूले प्रतिलिटर १२० रूपैयाँ  पुर्‍याएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

dairy-foods1678598320.jpg

दहीको मूल्य प्रतिलिटर २५ रूपैयाँले बढेर प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। पनिरको मूल्य प्रतिकिलो ४० रूपैयाँले बढेर ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो दुई सय रूपैयाँले बढेर १ हजार तीन सय रूपैयाँ कायम भएको छ। बटरको मूल्य प्रतिकिलो १५० रूपैयाँले बढेर प्रतिकिलो एक हजार रूपैयाँ पुगेको छ।

यस्तै, डीडीसीको दूधको मूल्य पनि दूधको प्रकार अनुसार लिटरमा १० रूपैयाँदेखि १६ रूपैयाँसम्म बढेको छ। जसअनुसार प्रतिलिटर ९७ देखि १३० रूपैयाँसम्म पर्ने भएको छ।

बोरामै २ सय देखि ६ सय रूपैयाँसम्म बढ्यो चामल
भान्सामा सर्वाधिक खपत हुने मध्येको एक, चामल हो। जसमध्ये नेपालीको भान्सामा जीरा मसिनो, त्रिशुलीको पोखरेली चामल, लङग्रेन बासमती चामल, स्टिम सोना मन्सुली चामल पर्दछन्। उक्त चामलमा अहिले बजारमा निकै चर्को मूल्यवृद्धि भएको पाइन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तीन महिनाअघिको मूल्यमा अहिले बोरामा २ सय रूपैयाँदेखि ६ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ। तीन महिनाअघि ३० केजीको सोना मन्सुली चामल प्रतिबोरा १५ सय देखि १६ सय रूपैयाँ थियो। अहिले उक्त चामलको मूल्य प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँसम्म पर्छ।

तीन महिनाअघि २५ केजीको एक बोरा जीरा मसिनो चामल १६ सय ५० रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म पर्थ्यो भने अहिले बजारमा उक्त चामलको मूल्य २२ सय रूपैयाँदेखि २५ सयसम्म पुगेको पाइएको छ।  

1605675823_chamal11.jpg

तीन महिनाअघि २५ सयदेखि २८ सय रूपैयाँमा बिक्री भएको लङग्रेन बास्मती चामलको मूल्य अहिले तीन हजारदेखि ३२ सयसम्म बिक्री हुने गरेको पाइएको छ। उक्त चामल बोरामा २० केजीको तौल भएको बजारमा पाइन्छ।

त्यस्तै, त्रिशुलीको पोखरेली चामल तीन महिनाअघि प्रतिबोरा २४ सय रूपैयाँदेखि २६ सय रूपैयाँ पर्थ्यो भने अहिले २९ सयदेखि ३१ सयसम्म पुगेको छ।

डेढ सयसम्म बढ्यो दालको मूल्य 
दालमा भने पाँच वर्षको अन्तरालमा दोब्बरले बढेको पाइएको छ। पाँच वर्षअघि प्रतिकेजी एकसय हाराहारीमा पाइरहेको दालको मूल्य अहिले प्रतिकेजी डेढ सय माथिसम्म पुगेको छ।

२०७५ को फागुन महिनामा मासको दाल एक केजी खरिदका लागि ११० रुपैयाँ र मुसुरको दाल एक केजीको ९० रुपैयाँ पर्थ्यो। तर, अहिले सोही मास दालको मूल्य प्रतिकेजी १९० रुपैयाँ र मुसुरको मूल्य प्रतिकेजी १७० रुपैयाँ पुगेको छ। सोहीअनुसार अन्यदालमा १० रुपैयाँदेखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। अहिले  मुङ खोस्टा १७०, मुङ छाटा २००, रहर दाल तथा चना दालको मूल्य १४० रूपैयाँ पुगेको छ।

1608544708_unnamed.jpg

पिठोको मूल्य दोब्बरले बढ्यो
भारतले गहुँ आयातमा प्रतिबन्ध गरेसँगै मैदा र आटाको मूल्य ह्वात्तै बढ्यो। अहिले कोटा प्रणालीबाट आयात हुन थालेपछि खुद्रा व्यापार संघले मूल्य घटाएपनि बजारमा भने मैदाको मूल्य उस्तै रहेको पाइन्छ। 

एक वर्षअघि मैदा प्रतिकेजी ५५ रूपैयाँ पर्थ्यो भने अहिले बजारमा ८५ रूपैयाँमा बिक्री हुने गरेको  छ। यस्तै, आटा अघिल्लो वर्ष ५० रूपैयाँमा पाइन्थ्यो भने अहिले प्रतिकेजी ८० रूपैयाँ पर्ने गरेको छ। अघिल्लो वर्ष ६५ रूपैयाँ पर्ने सुजी अहिले एक सय रूपैयाँ पर्ने गरेको छ। चामलको मसिनो पिठो अघिल्लो वर्ष ६० रूपैयाँ पर्ने गरेकोमा अहिले बजारमा १५० रूपैयाँ पर्ने गरेको छ।

लिटरमै तेलको मूल्य बढ्यो ७० देखि ८० रुपैयाँसम्म 
पाँच वर्ष अघि (२०७५) भटमासको तेल प्रतिलिटर १५० रुपैयाँ पर्थ्यो। अहिले लिटरमै ७० रूपैयाँ बढेर भटमास तेल प्रतिलिटर २२० पुगेको छ। पाँच वर्षअघि काँचो तोरीको तेल प्रतिलिटर १६० रूपैयाँ पर्थ्यो अहिले ८० रूपैयाँले बढेर उक्त तेलको मूल्य प्रतिटिर २४० पुगेको छ। 

पाँच वर्षअघि भुटेको तोरीको तेल प्रतिलिटर २७० रूपैयाँ थियो। अहिले उक्त तेल लिटरमै ८० रूपैयाँ बढेर ३५०  पुगेको छ। सनफ्लावर तेल प्रतिलिटर १५५ रूपैयाँ थियो। उक्त तेल अहिले लिटरमै ८५ रुपैयाँले बढेर २४० रूपैयाँ पुगेको छ। यस्तै, डाल्डा प्रतिकेजी १४० रूपैयाँ थियो। अहिले ७० रुपैयाँले बढेर २१० रूपैयाँ  पुगेको छ।

होलसेलमै ४०.७९ प्रतिशतले बढ्यो च्याउ, गोलभेडा ५० प्रतिशत
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो महिनाको तीन गते कन्य च्याउ प्रतिकेजी ९० रुपैयाँ थियो भने एक महिनामै ४०.७९ प्रतिशतले वृद्धि भएर प्रतिकेजी १५२ रूपैयाँ पुगेको छ।

अघिल्लो महिनाको तीन गते गोलभेडा (तीन प्रकारका) क्रमश: प्रतिकेजी २२, ३५, ३५ रूपैयाँ पर्थ्यो भने एक महिनामै उक्त गोलभेडा क्रमशः प्रतिकेजी ५०, २६.३२, ३९.१३ प्रतिशतले वृद्धि भएर ४५, ४७.५०, ५७.५० रूपैयाँ पुगेको छ। 

यस्तै, अघिल्लो महिना अदुवाको थोक मूल्य प्रतिकेजी ४५ रूपैयाँ थियो। अहिले प्रतिकेजीमै ५७.८९ प्रतिशतले वृद्धि भएर ९५ रूपैयाँ पुगेको छ।

1598608591_kalimati_Tarkari_bazar.jpg

अहिलेको सिजनमा प्रशस्त मात्रामा पाउने काउली पनि एक महिनाकै अन्तरालमा २२.२२ प्रतिशतले महंगिएको छ। अघिल्लो महिनाको  तीन गते ३५ रूपैयाँ प्रतिकेजी थोक मूल्यमा पाइने काउली चैत तीन गते आइपुग्दा १० रूपैयाँले महंगिएर ४५ रुपैयाँ पुगेको छ।

कागती चैत तीन गतेको कालीमाटी तरकारी बजार मूल्य अनुसार २७५ रूपैयाँ पुगेको छ। उक्त कागती अघिल्लो महिनाको तीन गते प्रतिकेजी ११० रूपैयाँ पर्थ्यो भने अहिले कागती ६० प्रतिशतले मूल्य बढेको पाइएको छ। 

५१ प्रतिशतसम्म बढ्यो फलफूलको मूल्य
एक महिनामै फलफूलको मूल्य ५१ प्रतिशतसम्म बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो महिनाको तीन गते अम्बाको थोक मूल्य प्रतिकेजी ११० रूपैयाँ थियो। उक्त अम्बाको मूल्य ५१.११ प्रतिशतले बढेर प्रतिकेजी २२५ रूपैयाँ पुगेको छ।

अघिल्लो महिनाको तीन गते कालीमाटी तरकारी बजारमा केराको थोक मूल्य प्रतिदर्जन ११० रूपैयाँ पर्थ्यो। एक महिनामै उक्त केरा दर्जनमा २५ प्रतिशतले वृद्धि हुँदा प्रतिदर्जन १४६.६७ रुपैयाँ पुगेको पाइएको छ।

1604222748_fruits.jpeg

एभोकाडोको थोक मूल्य अघिल्लो तीन गते ४५० रूपैयाँ थियो। एक महिनामै १८.१८ प्रतिशतले बढेर ५५० रूपैयाँ पुगेको छ। यस्तै, अघिल्लो महिनाको तीन गते स्याउ क्रमश: प्रतिकेजी १९३.३३, २७०  रूपैयाँ पर्थ्यो भने एक महिनामै स्याउको मूल्य क्रमशः ९.३८, २.४१ प्रतिशतले बढेको छ।

हरियो अंगुर अघिल्लो महिनाको तीन गते १३५ रूपैयाँ पर्थ्यो भने एक महिनामै ३.५७ प्रतिशतले मूल्य बढेर प्रतिकेजी १४० रूपैयाँ पुगेको छ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्