• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चर्को मूल्यवृद्धिको मारमा उपभोक्ता, व्यापारीले मनोमानी मूल्य बढाउँदा पनि सरकार मौन

64x64
कल्पना घिमिरे बुधबार, चैत ८, २०७९  १९:०९
1140x725

काठमाडौं– यतिबेला बजारमा अत्यावश्यक वस्तु तथा सेवामा चर्को मूल्यवृद्धि भएको छ। उत्पादक, बिचौलिया, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले आफूखुसी तहतहमा मूल्य बढाउँदा अत्यावश्यक वस्तु खरिदमै उपभोक्ता महंगीको मारमा पर्ने गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्।

अहिले अत्यावश्यक वस्तु दाल, चामल, खाने तेल, तरकारी लगायत दैनिक भान्सामा प्रयोग हुने वस्तुको मूल्य चर्को वृद्धि भएको छ। यसरी मूल्य चर्को हुँदा आमउपभोक्ताले किनेर खान नसक्ने दिन नआउला भन्न सकिन्न।

तर, सरकार अत्यावश्यक वस्तु वा सेवाको मूल्यवृद्धि रोक्नेबारे मौन छ। मूल्यवुद्धि रोक्न सरकारका मातहतका न कुनै निकायले अनुगमन गर्छ, न त नियमन नै। उत्पादन बढाउन सरकारले अनुदान दिएर प्रोत्साहन गर्नु पर्ने तर, उल्टै व्यापारी र बिचौलियालाई मूल्य बढाउन उक्साउने गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ।

खाद्यान्न लगायतका वस्तुको मूल्य खुद्रा व्यापार संघले तोक्ने गर्दछ। तर, खुद्रा व्यापार संघको मूल्य एक प्रकार र खुद्रा व्यापारीहरूको मूल्य अर्को प्रकारको (फरक) हुने पाइन्छ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्रचार्यका अनुसार व्यापारीहरूले फरक–फरक ब्राण्डका खाद्यान्न बिक्री गर्ने हुँदा ब्राण्ड अनुसार मूल्य फरक पर्ने गरेको बताउँछन्। तर, एउटै खाद्यान्नलाई विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्ने गरेको उपभोक्ता अधिकारकर्मी विष्णु तिमिल्सिनाले बताए।

‘सरकारले सम्पूर्ण खाद्यवस्तुको मूल्य निर्धारणमा बेवास्ता गर्नाले विभिन्न कम्पनीले एउटै खाद्यवस्तुको आफूखसी मूल्य राखेर असुल्ने गरेका छन्। यसले गर्दा आमउपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। ठगिएका छन्। यसप्रति सरकारको ध्यान जावस्। खाद्यान्नको मूल्य सरकारले निर्धारण गर्नुपर्छ र विभिन्न बहानामा मूल्यवृद्धि गर्न कम गरिनु पर्छ,’ उनले भने।

फलफूल तथा तरकारी बिक्रेता आफैंले मूल्य निर्धारण गर्ने गर्दछन्। लागत अनुसार दैनिक तरकारी तथा फलफूलको होलसेल मूल्यम फरक पर्ने कालीमाटी तरकारी बजारका उपनिर्देश विनय श्रेष्ठ बताउँछन्। होलसेलबाट लगिसकेपछि भने व्यापारीले मनोमानी तवरले तरकारीको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने गरेको उनको भनाइ छ। 

२० देखि दुई सय रुपैयाँसम्म बढ्यो दुग्ध पदार्थ
यतिबेला दूधको मूल्य लिटरमा २० रुपैयाँ बढेको छ। पहिला सरकारी स्वामित्वको दुग्ध संस्थानले स्ट्यान्डर्ड दूध प्रतिलिटर ८६ रूपैयाँमा बिक्री गर्दा नीजि डेरीहरूले प्रतिलिटर एक सय रूपैयाँमा बिक्री गर्ने गर्थे। अहिले डीडीसीको उक्त दूधको मूल्य प्रतिलिटर ९७ रूपैयाँ पुग्दा नीजि डेरीहरूले प्रतिलिटर १२० रूपैयाँ  पुर्‍याएका छन्।

Ncell 2
Ncell 2

dairy-foods1678598320.jpg

दहीको मूल्य प्रतिलिटर २५ रूपैयाँले बढेर प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। पनिरको मूल्य प्रतिकिलो ४० रूपैयाँले बढेर ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो दुई सय रूपैयाँले बढेर १ हजार तीन सय रूपैयाँ कायम भएको छ। बटरको मूल्य प्रतिकिलो १५० रूपैयाँले बढेर प्रतिकिलो एक हजार रूपैयाँ पुगेको छ।

यस्तै, डीडीसीको दूधको मूल्य पनि दूधको प्रकार अनुसार लिटरमा १० रूपैयाँदेखि १६ रूपैयाँसम्म बढेको छ। जसअनुसार प्रतिलिटर ९७ देखि १३० रूपैयाँसम्म पर्ने भएको छ।

बोरामै २ सय देखि ६ सय रूपैयाँसम्म बढ्यो चामल
भान्सामा सर्वाधिक खपत हुने मध्येको एक, चामल हो। जसमध्ये नेपालीको भान्सामा जीरा मसिनो, त्रिशुलीको पोखरेली चामल, लङग्रेन बासमती चामल, स्टिम सोना मन्सुली चामल पर्दछन्। उक्त चामलमा अहिले बजारमा निकै चर्को मूल्यवृद्धि भएको पाइन्छ। 

तीन महिनाअघिको मूल्यमा अहिले बोरामा २ सय रूपैयाँदेखि ६ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ। तीन महिनाअघि ३० केजीको सोना मन्सुली चामल प्रतिबोरा १५ सय देखि १६ सय रूपैयाँ थियो। अहिले उक्त चामलको मूल्य प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँसम्म पर्छ।

तीन महिनाअघि २५ केजीको एक बोरा जीरा मसिनो चामल १६ सय ५० रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म पर्थ्यो भने अहिले बजारमा उक्त चामलको मूल्य २२ सय रूपैयाँदेखि २५ सयसम्म पुगेको पाइएको छ।  

1605675823_chamal11.jpg

तीन महिनाअघि २५ सयदेखि २८ सय रूपैयाँमा बिक्री भएको लङग्रेन बास्मती चामलको मूल्य अहिले तीन हजारदेखि ३२ सयसम्म बिक्री हुने गरेको पाइएको छ। उक्त चामल बोरामा २० केजीको तौल भएको बजारमा पाइन्छ।

त्यस्तै, त्रिशुलीको पोखरेली चामल तीन महिनाअघि प्रतिबोरा २४ सय रूपैयाँदेखि २६ सय रूपैयाँ पर्थ्यो भने अहिले २९ सयदेखि ३१ सयसम्म पुगेको छ।

डेढ सयसम्म बढ्यो दालको मूल्य 
दालमा भने पाँच वर्षको अन्तरालमा दोब्बरले बढेको पाइएको छ। पाँच वर्षअघि प्रतिकेजी एकसय हाराहारीमा पाइरहेको दालको मूल्य अहिले प्रतिकेजी डेढ सय माथिसम्म पुगेको छ।

२०७५ को फागुन महिनामा मासको दाल एक केजी खरिदका लागि ११० रुपैयाँ र मुसुरको दाल एक केजीको ९० रुपैयाँ पर्थ्यो। तर, अहिले सोही मास दालको मूल्य प्रतिकेजी १९० रुपैयाँ र मुसुरको मूल्य प्रतिकेजी १७० रुपैयाँ पुगेको छ। सोहीअनुसार अन्यदालमा १० रुपैयाँदेखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। अहिले  मुङ खोस्टा १७०, मुङ छाटा २००, रहर दाल तथा चना दालको मूल्य १४० रूपैयाँ पुगेको छ।

1608544708_unnamed.jpg

पिठोको मूल्य दोब्बरले बढ्यो
भारतले गहुँ आयातमा प्रतिबन्ध गरेसँगै मैदा र आटाको मूल्य ह्वात्तै बढ्यो। अहिले कोटा प्रणालीबाट आयात हुन थालेपछि खुद्रा व्यापार संघले मूल्य घटाएपनि बजारमा भने मैदाको मूल्य उस्तै रहेको पाइन्छ। 

एक वर्षअघि मैदा प्रतिकेजी ५५ रूपैयाँ पर्थ्यो भने अहिले बजारमा ८५ रूपैयाँमा बिक्री हुने गरेको  छ। यस्तै, आटा अघिल्लो वर्ष ५० रूपैयाँमा पाइन्थ्यो भने अहिले प्रतिकेजी ८० रूपैयाँ पर्ने गरेको छ। अघिल्लो वर्ष ६५ रूपैयाँ पर्ने सुजी अहिले एक सय रूपैयाँ पर्ने गरेको छ। चामलको मसिनो पिठो अघिल्लो वर्ष ६० रूपैयाँ पर्ने गरेकोमा अहिले बजारमा १५० रूपैयाँ पर्ने गरेको छ।

लिटरमै तेलको मूल्य बढ्यो ७० देखि ८० रुपैयाँसम्म 
पाँच वर्ष अघि (२०७५) भटमासको तेल प्रतिलिटर १५० रुपैयाँ पर्थ्यो। अहिले लिटरमै ७० रूपैयाँ बढेर भटमास तेल प्रतिलिटर २२० पुगेको छ। पाँच वर्षअघि काँचो तोरीको तेल प्रतिलिटर १६० रूपैयाँ पर्थ्यो अहिले ८० रूपैयाँले बढेर उक्त तेलको मूल्य प्रतिटिर २४० पुगेको छ। 

पाँच वर्षअघि भुटेको तोरीको तेल प्रतिलिटर २७० रूपैयाँ थियो। अहिले उक्त तेल लिटरमै ८० रूपैयाँ बढेर ३५०  पुगेको छ। सनफ्लावर तेल प्रतिलिटर १५५ रूपैयाँ थियो। उक्त तेल अहिले लिटरमै ८५ रुपैयाँले बढेर २४० रूपैयाँ पुगेको छ। यस्तै, डाल्डा प्रतिकेजी १४० रूपैयाँ थियो। अहिले ७० रुपैयाँले बढेर २१० रूपैयाँ  पुगेको छ।

होलसेलमै ४०.७९ प्रतिशतले बढ्यो च्याउ, गोलभेडा ५० प्रतिशत
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो महिनाको तीन गते कन्य च्याउ प्रतिकेजी ९० रुपैयाँ थियो भने एक महिनामै ४०.७९ प्रतिशतले वृद्धि भएर प्रतिकेजी १५२ रूपैयाँ पुगेको छ।

अघिल्लो महिनाको तीन गते गोलभेडा (तीन प्रकारका) क्रमश: प्रतिकेजी २२, ३५, ३५ रूपैयाँ पर्थ्यो भने एक महिनामै उक्त गोलभेडा क्रमशः प्रतिकेजी ५०, २६.३२, ३९.१३ प्रतिशतले वृद्धि भएर ४५, ४७.५०, ५७.५० रूपैयाँ पुगेको छ। 

यस्तै, अघिल्लो महिना अदुवाको थोक मूल्य प्रतिकेजी ४५ रूपैयाँ थियो। अहिले प्रतिकेजीमै ५७.८९ प्रतिशतले वृद्धि भएर ९५ रूपैयाँ पुगेको छ।

1598608591_kalimati_Tarkari_bazar.jpg

अहिलेको सिजनमा प्रशस्त मात्रामा पाउने काउली पनि एक महिनाकै अन्तरालमा २२.२२ प्रतिशतले महंगिएको छ। अघिल्लो महिनाको  तीन गते ३५ रूपैयाँ प्रतिकेजी थोक मूल्यमा पाइने काउली चैत तीन गते आइपुग्दा १० रूपैयाँले महंगिएर ४५ रुपैयाँ पुगेको छ।

कागती चैत तीन गतेको कालीमाटी तरकारी बजार मूल्य अनुसार २७५ रूपैयाँ पुगेको छ। उक्त कागती अघिल्लो महिनाको तीन गते प्रतिकेजी ११० रूपैयाँ पर्थ्यो भने अहिले कागती ६० प्रतिशतले मूल्य बढेको पाइएको छ। 

५१ प्रतिशतसम्म बढ्यो फलफूलको मूल्य
एक महिनामै फलफूलको मूल्य ५१ प्रतिशतसम्म बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो महिनाको तीन गते अम्बाको थोक मूल्य प्रतिकेजी ११० रूपैयाँ थियो। उक्त अम्बाको मूल्य ५१.११ प्रतिशतले बढेर प्रतिकेजी २२५ रूपैयाँ पुगेको छ।

अघिल्लो महिनाको तीन गते कालीमाटी तरकारी बजारमा केराको थोक मूल्य प्रतिदर्जन ११० रूपैयाँ पर्थ्यो। एक महिनामै उक्त केरा दर्जनमा २५ प्रतिशतले वृद्धि हुँदा प्रतिदर्जन १४६.६७ रुपैयाँ पुगेको पाइएको छ।

1604222748_fruits.jpeg

एभोकाडोको थोक मूल्य अघिल्लो तीन गते ४५० रूपैयाँ थियो। एक महिनामै १८.१८ प्रतिशतले बढेर ५५० रूपैयाँ पुगेको छ। यस्तै, अघिल्लो महिनाको तीन गते स्याउ क्रमश: प्रतिकेजी १९३.३३, २७०  रूपैयाँ पर्थ्यो भने एक महिनामै स्याउको मूल्य क्रमशः ९.३८, २.४१ प्रतिशतले बढेको छ।

हरियो अंगुर अघिल्लो महिनाको तीन गते १३५ रूपैयाँ पर्थ्यो भने एक महिनामै ३.५७ प्रतिशतले मूल्य बढेर प्रतिकेजी १४० रूपैयाँ पुगेको छ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्