• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसबाट मन्त्रिपरिषद्‌मा पदाधिकारीको समूहलाई नै प्राथिमकता 

64x64
नवीन झा मंगलबार, चैत ७, २०७९  २०:०९
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्‌बाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएका छन्। उनले अबको एक/दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन आन्तरिक गृहकार्यमा लागेका छन्। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका १० दलसहित केही स्वतन्त्र संसदहरुलाई समेत मन्त्रिपरिषद्‌मा समेट्नुपर्ने भएकाले प्रचण्ड मात्रै होइन स्वयम् सत्ता साझेदारी गरिरहेका दलहरुका लागिसमेत यो विषय सकसपूर्ण देखिन्छ। 

यद्यपि, विगतमा एमालेले सम्हालेका १० वटा मन्त्रालयमध्ये सात मन्त्रालय कांग्रेसले लिने लगभग निश्चित भइसकेको छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएकाले कांग्रेसले अझै थप एक मन्त्रालयमा दाबी गरिरहेको छ। यद्यपि, कांग्रेसले पाउने निश्चित रहेका सात मन्त्रालयमा कस–कसलाई पठाउने भन्ने तयारी थालिसकेको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अबको एक/दुई दिनभित्रै सरकारमा सहभागी हुनेगरी कांग्रेसले तयारी गरिरहेको जानकारी दिएका छन्। कांग्रेस महामन्त्री गगन थापाले पनि एक/दुई दिनमा केन्द्रदेखि प्रदेशसम्मका सरकारमा कांग्रेस सहभागी हुने बताएका छन्। 

मंगलबार नेपाल प्रेस युनियनको केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता कोईराला र महामन्त्री थापा दुवैले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै कांग्रेसका मन्त्रीहरुले सरकारलाई नै सफल बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसका शिर्षस्थ तहका दुई नेताहरुले सरकारमा एक/दुई दिनमै पार्टी सहभागी हुने बताए पनि कांग्रेसले कुन–कुन मन्त्रालय पाएको छ र त्यहाँ क–कसलाई पठाउने भन्नेबारे औपचारिक जानकारी गराएको छैन। गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा प्रतिनिधि सभामा बोल्दै आफूहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने बताएका थिए। 

देउवा निकट स्रोतका अनुसार पार्टीभित्र मन्त्रिपरिषद्‌मा नेतृत्व गरेर जाने र मन्त्री बन्ने लाम नै लागेपछि उनले आफूलाई सहज हुनेगरी एउटा ‘फरमुला’ सेट गरेका छन्। जसले देउवालाई राहत मिलेको छ। उनले पार्टीका पदाधिकारीहरुलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने र बाँकी दुई संख्यामा भने समावेशिता हेरेर मन्त्रीको नाम टुंग्याउन लागेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

काग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले यसअघि नै मन्त्री नबन्ने घोषणा गरिसकेकाले देउवाले उप सभापतिद्वय पूर्णबहादुर खडका, धनराज गुरुङ र सहमहामन्त्रीहरु किशोरसिंश राठौर, बद्री पाण्डे र जीवन परियारलाई मन्त्रिपरिषद्‌मा पठाउने तयारी गरेका छन्।

अहिलेसम्म कांग्रेसले पाएको सातमध्ये पाँच जना पदाधिकारी नै पर्ने भएपछि देउवा अहिले एक जना महिला र एक जना मधेशी समुदायका नेतालाई मन्त्री बनाएर समावेशी सन्तुलन बनाउने पक्षमा छन्। महिला कोटामा सिता गुरुङ लगभग निश्चित जस्तै रहेको र मधेशी समुदायमाबाट पर्साका अजय चौरसिया, धनुषाका रामकृष्ण यादव र सप्तरीका तेजुलाल चौधरीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी देउवाको छ।

यसरी मन्त्रिपरिषद्‌मा सहभागी हुनेहरुको नाम छनोट गर्दा देउवा निकट उप–सभापति पूर्णबहादुर खड्काको नेतृत्व पनि हुने र कोइराला समूहबाटसमेत केही मन्त्री बन्ने भएकाले पार्टीभित्र विरोध नहुने देउवाको योजना देखिन्छ। 

यद्यपि, कांग्रेसले दाबी गरिरहेको थप एक मन्त्रालय पाएको खण्डमा भने बागमती प्रदेशबाट मन्त्रीका लागि चर्चामा रहेका आकांक्षीहरु मोहन बस्नेत र प्रदीप पौडेलमध्ये एक जनाले अवसर पाउने सम्भावना देखिन्छ। तर सतारुढ गठबन्धनमा साना दलहरुसमेत धेरै भएकाले कांग्रेसले आठ मन्त्रालय पाउने सम्भावना कमै छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसमा यसअघि महामन्त्री थापा पनि अर्थमन्त्रीको जिम्मासहित सरकारमा जाने चर्चा चले पनि थापाले आफ्नो नेतृत्व भएमात्रै जाने नभए नजाने निर्णय पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन्। महामन्त्री थापा पार्टीको नेतृत्व गरेर जाने अवस्थामा अझै तयार रहेको उनीनिकट नेताहरुको भनाइ छ। 

तर, पार्टी उप–सभापति खडका सरकारमा जाने भएपछि अरु नेताहरुलाई त्यसले अप्ठ्यारो पारेको छ। हुन त पार्टीबाट सरकारको नेतृत्वमा पदाधिकारी बाहिरका शेखर कोइरालादेखि प्रकाशमान सिंह र बिमलेन्द्र निधिको नामसमेत चर्चामा थियो। तर, सभापति देउवासँग नजिक रहेर काम गरिरहेका उपसभापति खड्का जाने भएपछि चर्चामा आएका नामहरु ओझेलमा परेका छन्।

यतिसम्म कि देउवा समूहबाटै मन्त्रिपरिषद्‌मा जान इच्छा देखाएका रमेश लेखक, एनीपी साउददेखि प्रवक्ता प्रकाशशरण महतसमेत मन्त्री बन्ने सम्भावना अब न्यून हुँदै गएको छ। कांग्रेस सरकारमा जाने भएसँगै मन्त्री बन्नेहरुको सूचीमा सभापति देउवा पत्नी आरजु राणा देउवाको नामसमेत चर्चामा थियो। तर आइतबार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै आरजु स्वयम्ले अहिले आफू तत्कालै मन्त्री बन्ने लाइनमा नरहेको बताएकी छन्।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्