• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसबाट मन्त्रिपरिषद्‌मा पदाधिकारीको समूहलाई नै प्राथिमकता 

64x64
नवीन झा मंगलबार, चैत ७, २०७९  २०:०९
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्‌बाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएका छन्। उनले अबको एक/दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन आन्तरिक गृहकार्यमा लागेका छन्। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका १० दलसहित केही स्वतन्त्र संसदहरुलाई समेत मन्त्रिपरिषद्‌मा समेट्नुपर्ने भएकाले प्रचण्ड मात्रै होइन स्वयम् सत्ता साझेदारी गरिरहेका दलहरुका लागिसमेत यो विषय सकसपूर्ण देखिन्छ। 

यद्यपि, विगतमा एमालेले सम्हालेका १० वटा मन्त्रालयमध्ये सात मन्त्रालय कांग्रेसले लिने लगभग निश्चित भइसकेको छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएकाले कांग्रेसले अझै थप एक मन्त्रालयमा दाबी गरिरहेको छ। यद्यपि, कांग्रेसले पाउने निश्चित रहेका सात मन्त्रालयमा कस–कसलाई पठाउने भन्ने तयारी थालिसकेको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अबको एक/दुई दिनभित्रै सरकारमा सहभागी हुनेगरी कांग्रेसले तयारी गरिरहेको जानकारी दिएका छन्। कांग्रेस महामन्त्री गगन थापाले पनि एक/दुई दिनमा केन्द्रदेखि प्रदेशसम्मका सरकारमा कांग्रेस सहभागी हुने बताएका छन्। 

मंगलबार नेपाल प्रेस युनियनको केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता कोईराला र महामन्त्री थापा दुवैले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै कांग्रेसका मन्त्रीहरुले सरकारलाई नै सफल बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसका शिर्षस्थ तहका दुई नेताहरुले सरकारमा एक/दुई दिनमै पार्टी सहभागी हुने बताए पनि कांग्रेसले कुन–कुन मन्त्रालय पाएको छ र त्यहाँ क–कसलाई पठाउने भन्नेबारे औपचारिक जानकारी गराएको छैन। गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा प्रतिनिधि सभामा बोल्दै आफूहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने बताएका थिए। 

देउवा निकट स्रोतका अनुसार पार्टीभित्र मन्त्रिपरिषद्‌मा नेतृत्व गरेर जाने र मन्त्री बन्ने लाम नै लागेपछि उनले आफूलाई सहज हुनेगरी एउटा ‘फरमुला’ सेट गरेका छन्। जसले देउवालाई राहत मिलेको छ। उनले पार्टीका पदाधिकारीहरुलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने र बाँकी दुई संख्यामा भने समावेशिता हेरेर मन्त्रीको नाम टुंग्याउन लागेका छन्। 

Ncell 2
Ncell 2

काग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले यसअघि नै मन्त्री नबन्ने घोषणा गरिसकेकाले देउवाले उप सभापतिद्वय पूर्णबहादुर खडका, धनराज गुरुङ र सहमहामन्त्रीहरु किशोरसिंश राठौर, बद्री पाण्डे र जीवन परियारलाई मन्त्रिपरिषद्‌मा पठाउने तयारी गरेका छन्।

अहिलेसम्म कांग्रेसले पाएको सातमध्ये पाँच जना पदाधिकारी नै पर्ने भएपछि देउवा अहिले एक जना महिला र एक जना मधेशी समुदायका नेतालाई मन्त्री बनाएर समावेशी सन्तुलन बनाउने पक्षमा छन्। महिला कोटामा सिता गुरुङ लगभग निश्चित जस्तै रहेको र मधेशी समुदायमाबाट पर्साका अजय चौरसिया, धनुषाका रामकृष्ण यादव र सप्तरीका तेजुलाल चौधरीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी देउवाको छ।

यसरी मन्त्रिपरिषद्‌मा सहभागी हुनेहरुको नाम छनोट गर्दा देउवा निकट उप–सभापति पूर्णबहादुर खड्काको नेतृत्व पनि हुने र कोइराला समूहबाटसमेत केही मन्त्री बन्ने भएकाले पार्टीभित्र विरोध नहुने देउवाको योजना देखिन्छ। 

यद्यपि, कांग्रेसले दाबी गरिरहेको थप एक मन्त्रालय पाएको खण्डमा भने बागमती प्रदेशबाट मन्त्रीका लागि चर्चामा रहेका आकांक्षीहरु मोहन बस्नेत र प्रदीप पौडेलमध्ये एक जनाले अवसर पाउने सम्भावना देखिन्छ। तर सतारुढ गठबन्धनमा साना दलहरुसमेत धेरै भएकाले कांग्रेसले आठ मन्त्रालय पाउने सम्भावना कमै छ। 

कांग्रेसमा यसअघि महामन्त्री थापा पनि अर्थमन्त्रीको जिम्मासहित सरकारमा जाने चर्चा चले पनि थापाले आफ्नो नेतृत्व भएमात्रै जाने नभए नजाने निर्णय पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन्। महामन्त्री थापा पार्टीको नेतृत्व गरेर जाने अवस्थामा अझै तयार रहेको उनीनिकट नेताहरुको भनाइ छ। 

तर, पार्टी उप–सभापति खडका सरकारमा जाने भएपछि अरु नेताहरुलाई त्यसले अप्ठ्यारो पारेको छ। हुन त पार्टीबाट सरकारको नेतृत्वमा पदाधिकारी बाहिरका शेखर कोइरालादेखि प्रकाशमान सिंह र बिमलेन्द्र निधिको नामसमेत चर्चामा थियो। तर, सभापति देउवासँग नजिक रहेर काम गरिरहेका उपसभापति खड्का जाने भएपछि चर्चामा आएका नामहरु ओझेलमा परेका छन्।

यतिसम्म कि देउवा समूहबाटै मन्त्रिपरिषद्‌मा जान इच्छा देखाएका रमेश लेखक, एनीपी साउददेखि प्रवक्ता प्रकाशशरण महतसमेत मन्त्री बन्ने सम्भावना अब न्यून हुँदै गएको छ। कांग्रेस सरकारमा जाने भएसँगै मन्त्री बन्नेहरुको सूचीमा सभापति देउवा पत्नी आरजु राणा देउवाको नामसमेत चर्चामा थियो। तर आइतबार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै आरजु स्वयम्ले अहिले आफू तत्कालै मन्त्री बन्ने लाइनमा नरहेको बताएकी छन्।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । मंगलबार, पुस २९, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस २९, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर मंगलबार, पुस २९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्