काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रि–क्वाटरफाइलनमा रियल बेटिसमाथि समग्रमा ५–१ को जित निकाल्दै युनाइटेडले अन्तिम ८ मा स्थानमा पक्का गरेको हो।
बिहीबार राति दोस्रो लेगमा युनाइटेडले बेटिसमाथि १–० को जित निकाल्यो। युनाइटेडको जितमा मार्कोस रासफोर्डले गरेको गोल निर्णायक बन्यो। खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासमा रासफोर्डले गोल गरेका थिए। युरोपा लिगको यो सिजनमा रासफोर्डले ६ गोल पुरा गरेका छन्।
युनाइटेडले गोल गर्नुअघि घरेलु टोली रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो। तर टिमका कप्तान जोकिन साले गोल गर्न सकेनन्।
गत हप्ता भएको पहिलो लेगको खेलमा युनाइटेडले बेटिसमाथि ४ –१ को जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।