• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेता व्यवस्थापन गर्दै, पार्टीमा सहज वातावरण बनाउँदै देउवा 

64x64
नवीन झा बिहीबार, चैत २, २०७९  २०:३२
1140x725

काठमाडौं–  गत १० पुसमा मुखैमा आएको सत्ताबाट विमुख हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रक्षात्मक बन्न पुगे। विकसित राजनीतिक घटनाक्रम बारेमा आफ्नै दुई महामन्त्री (गगन थापा र विश्वप्रकाश शर्मा) समेतले सार्वजनिक रुपमा बेखबर रहेको बताएपछि देउवामाथि ‘सामान्य व्यहवार’ नमिलाउने भन्दै प्रश्नहरू तेर्सिए। 

देउवा पार्टीभित्र यतिसम्म रक्षात्मक अवस्थामा पुगेका थिए कि उनी पार्टी बैठकबाट समेत भाग्नुपर्‍यो। निर्वाचन समीक्षाका लागि पुस अन्तिम हप्ता डाकेको केन्द्रीय समिति बैठक तीन पटकसम्म सारेर अन्ततः बैठक नै अनिश्चित बनाइदिए।

पार्टीभित्रै व्यापक असन्तुष्टि हुँदाहुँदै निर्वाचनताका देउवाले माओवादीसहितका दलसँग तालमेल गरेर अघि बढे। तर, निर्वाचनपछि माओवादी एमालेसँग मिलेर सरकार बनाउन पुग्यो। त्यसपछि भने देउवा जिल्लिए। प्रश्नहरूले घेरिए। आफूलाई भेट्न पुग्ने नेता–कार्यकर्तालाई उनी ‘यस्तै भयो’ भन्दै सामान्य जवाफ दिएर पन्छिन थाले।

तर, विस्तारै परिस्थिति आफ्नो काबुमा फर्काउन देउवाले पुनः जोडबल गरे। र, तीन महिनामा परिस्थिति फेरियो। राष्ट्रपतिमा देउवाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन सफल भएका छन् केन्द्रदेखि प्रदेशहरूसम्मै सरकारमा सहभागी हुने हिसाबकिताबमा छन्। 

बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुसमा बिग्रेको राजनीति लयमा फर्केको दाबी गरे। खड्काले कांग्रेस र माओवादीसहित १० दलको नयाँ गठबन्धन बनेसँगै आफूहरूका लागि राजनीतिक वातावरण सहज भएको समेत दाबी गरे। खड्काले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार जित्नु आफूहरूका लागि ‘ठूलो राजनीतिक सफलता’ भएको समेत जिकिर गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, यो ‘सफलतासम्म आइपुग्न’ पनि कांग्रेस सभापति देउवाले आन्तरिक रूपमा अनेकन झमेला सहनु परेको छ। १० पुसमा कांग्रेससँगको सहकार्य तोड्दै एमालेको साथले प्रधानमन्त्री बन्न पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि आन्तरिक र बाह्य रुपमै कांग्रेसले आलोचना खेप्नुपर्‍यो। र, त्यो आलोचनाको पहिलो निशानामा देउवा नै परे। एमालेसँगको सहकार्यमा प्रचण्डले सरकार बनाएपछि किन विश्वासको मत दिनुपर्‍यो भनेर कांग्रेसको कार्यसम्पादन समिति र संसदीय दलको निणर्यमै महामन्त्रीद्वयसहित पाँच नेताहरूले ‘नोट अफ डिसेन्ट’ लेखे। यसरी पार्टीभित्र र बाहिरको विरोध खेप्दै देउवाले २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए। र,  त्यहाँबाट आफ्नो गुमेको सत्ता फर्काउने दाउमा अघि बढे। जुन राष्ट्रपति निर्वाचनमा आएर एउटा विन्दुमा पुगेको छ।

सहज वातावरण बनाउँदै
कांग्रेस सभापति देउवालाई पार्टीभित्र आफ्नो इतर समूहप्रति अनुदार नेताको रुपमा चित्रण गर्ने गरिन्छ। सभापति भएको दोस्रो कार्यकालमा समेत देउवाले आफूलाई असहयोग गर्ने नेताहरूलाई खासै महत्त्व दिएनन्। त्यही कारण हुन सक्छ १० पुसमा सत्ताबाट विमुख भएपछि देउवा पार्टीभित्र सबैको निशानामा परे। तर, उनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएर जिताएपछि भने उनलाई केही राहत भएको देखिन्छ। 

पार्टी राजनीतिमा देउवा र पौडेल सँधै प्रतिस्पर्धी नेता थिए। यद्यपि, १४औं महाधिवेशनमा देउवासँग पौडेल प्रतिस्पर्धामा उत्रेनन्। देउवासँग १४औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रेका नेता शेखर कोइरालालाई देउवाले वरिष्ठ नेताको समेत हैसियत नदिएर वरीयतामा तल राखे। महाधिवेशनको दोस्रो चरणमा आफूलाई सघाएका प्रतिस्पर्धीहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई समेत देउवाले पार्टी राजनीतिमा त्यति महत्त्व दिएनन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर, १० पुसको राजनीतिक घटनाक्रमले रक्षात्मक बन्न पुगेपछि भने देउवा पार्टीभित्रको आफूविरोधी माहोललाई सहज बनाउन लागेका छन्। पौडेललाई राष्ट्रपति बनाउनुअघि नै देउवाले नेता शेखर कोइरालालाई पार्टी कार्यालयमा बस्ने कार्यकक्षको व्यवस्था गरेर आफ्नो पक्षमा पार्ने माहोल बनाउन सुरु गरिसकेको संकेत गरेका थिए।

देउवा पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा केही शीर्ष नेताहरू व्यवस्थापन गर्नतर्फ लाग्ने तयारीमा जुटेका छन्। जसले पार्टीभित्र विरोधी समूह निष्क्रिय हुने आकलन देउवा समूहको छ। त्यही भएर अहिले मन्त्रिपरिषद् विस्तारको क्रममा शेखर कोइरालादेखि संशाक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधीसम्मका नाम चर्चामा आएका छन्। 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने बताए। त्यसपछि मात्र को–को मन्त्रिपरिषद्‌मा जाने तय हुने बताए। ‘सभापतिज्यूले सबै पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार र पार्टीका अन्य  कामहरूमा समेत सँधै पारदर्शिता देखाउँदै आउनु भएको छ’, महतले भने, ‘उहाँ पार्टीभित्रको सबैको सभापति र अभिभावकको जिम्मेवारीमा हुनुहुन्छ। त्यो उहाँले व्यवहारबाट पनि पटक–पटक देखाउँदै आउनु भएको छ।’ 

प्रवक्ता महतले यसो भने पनि ४ मंसिरको निर्वाचनपछि भएको संसदीय दलको निर्वाचन र १० पुसको घटनापछि मात्र देउवा पार्टीभित्रको इतर पक्षलाई समेत समेट्ने गरि अघि बढेका हुन्। संसदीय दलमा तेस्रो पुस्ताका महामन्त्री गगन थापाले देउवालाई चुनौती दिएपछि देउवा र दोस्रो तहका नेताहरू सहकार्य गर्दै मिलापको बाटोमा हिँडेको देखिन्छ। जसमा पछिल्लो समयमा देउवाले लिएको व्यवस्थापन नीतिले पनि काम गरेको नेताहरू बताउँछन्।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्