• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेता व्यवस्थापन गर्दै, पार्टीमा सहज वातावरण बनाउँदै देउवा 

64x64
नवीन झा बिहीबार, चैत २, २०७९  २०:३२
1140x725

काठमाडौं–  गत १० पुसमा मुखैमा आएको सत्ताबाट विमुख हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रक्षात्मक बन्न पुगे। विकसित राजनीतिक घटनाक्रम बारेमा आफ्नै दुई महामन्त्री (गगन थापा र विश्वप्रकाश शर्मा) समेतले सार्वजनिक रुपमा बेखबर रहेको बताएपछि देउवामाथि ‘सामान्य व्यहवार’ नमिलाउने भन्दै प्रश्नहरू तेर्सिए। 

देउवा पार्टीभित्र यतिसम्म रक्षात्मक अवस्थामा पुगेका थिए कि उनी पार्टी बैठकबाट समेत भाग्नुपर्‍यो। निर्वाचन समीक्षाका लागि पुस अन्तिम हप्ता डाकेको केन्द्रीय समिति बैठक तीन पटकसम्म सारेर अन्ततः बैठक नै अनिश्चित बनाइदिए।

पार्टीभित्रै व्यापक असन्तुष्टि हुँदाहुँदै निर्वाचनताका देउवाले माओवादीसहितका दलसँग तालमेल गरेर अघि बढे। तर, निर्वाचनपछि माओवादी एमालेसँग मिलेर सरकार बनाउन पुग्यो। त्यसपछि भने देउवा जिल्लिए। प्रश्नहरूले घेरिए। आफूलाई भेट्न पुग्ने नेता–कार्यकर्तालाई उनी ‘यस्तै भयो’ भन्दै सामान्य जवाफ दिएर पन्छिन थाले।

तर, विस्तारै परिस्थिति आफ्नो काबुमा फर्काउन देउवाले पुनः जोडबल गरे। र, तीन महिनामा परिस्थिति फेरियो। राष्ट्रपतिमा देउवाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन सफल भएका छन् केन्द्रदेखि प्रदेशहरूसम्मै सरकारमा सहभागी हुने हिसाबकिताबमा छन्। 

बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुसमा बिग्रेको राजनीति लयमा फर्केको दाबी गरे। खड्काले कांग्रेस र माओवादीसहित १० दलको नयाँ गठबन्धन बनेसँगै आफूहरूका लागि राजनीतिक वातावरण सहज भएको समेत दाबी गरे। खड्काले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार जित्नु आफूहरूका लागि ‘ठूलो राजनीतिक सफलता’ भएको समेत जिकिर गरे। 

Ncell 2
Ncell 2

यद्यपि, यो ‘सफलतासम्म आइपुग्न’ पनि कांग्रेस सभापति देउवाले आन्तरिक रूपमा अनेकन झमेला सहनु परेको छ। १० पुसमा कांग्रेससँगको सहकार्य तोड्दै एमालेको साथले प्रधानमन्त्री बन्न पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि आन्तरिक र बाह्य रुपमै कांग्रेसले आलोचना खेप्नुपर्‍यो। र, त्यो आलोचनाको पहिलो निशानामा देउवा नै परे। एमालेसँगको सहकार्यमा प्रचण्डले सरकार बनाएपछि किन विश्वासको मत दिनुपर्‍यो भनेर कांग्रेसको कार्यसम्पादन समिति र संसदीय दलको निणर्यमै महामन्त्रीद्वयसहित पाँच नेताहरूले ‘नोट अफ डिसेन्ट’ लेखे। यसरी पार्टीभित्र र बाहिरको विरोध खेप्दै देउवाले २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए। र,  त्यहाँबाट आफ्नो गुमेको सत्ता फर्काउने दाउमा अघि बढे। जुन राष्ट्रपति निर्वाचनमा आएर एउटा विन्दुमा पुगेको छ।

सहज वातावरण बनाउँदै
कांग्रेस सभापति देउवालाई पार्टीभित्र आफ्नो इतर समूहप्रति अनुदार नेताको रुपमा चित्रण गर्ने गरिन्छ। सभापति भएको दोस्रो कार्यकालमा समेत देउवाले आफूलाई असहयोग गर्ने नेताहरूलाई खासै महत्त्व दिएनन्। त्यही कारण हुन सक्छ १० पुसमा सत्ताबाट विमुख भएपछि देउवा पार्टीभित्र सबैको निशानामा परे। तर, उनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएर जिताएपछि भने उनलाई केही राहत भएको देखिन्छ। 

पार्टी राजनीतिमा देउवा र पौडेल सँधै प्रतिस्पर्धी नेता थिए। यद्यपि, १४औं महाधिवेशनमा देउवासँग पौडेल प्रतिस्पर्धामा उत्रेनन्। देउवासँग १४औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रेका नेता शेखर कोइरालालाई देउवाले वरिष्ठ नेताको समेत हैसियत नदिएर वरीयतामा तल राखे। महाधिवेशनको दोस्रो चरणमा आफूलाई सघाएका प्रतिस्पर्धीहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई समेत देउवाले पार्टी राजनीतिमा त्यति महत्त्व दिएनन्। 

तर, १० पुसको राजनीतिक घटनाक्रमले रक्षात्मक बन्न पुगेपछि भने देउवा पार्टीभित्रको आफूविरोधी माहोललाई सहज बनाउन लागेका छन्। पौडेललाई राष्ट्रपति बनाउनुअघि नै देउवाले नेता शेखर कोइरालालाई पार्टी कार्यालयमा बस्ने कार्यकक्षको व्यवस्था गरेर आफ्नो पक्षमा पार्ने माहोल बनाउन सुरु गरिसकेको संकेत गरेका थिए।

देउवा पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा केही शीर्ष नेताहरू व्यवस्थापन गर्नतर्फ लाग्ने तयारीमा जुटेका छन्। जसले पार्टीभित्र विरोधी समूह निष्क्रिय हुने आकलन देउवा समूहको छ। त्यही भएर अहिले मन्त्रिपरिषद् विस्तारको क्रममा शेखर कोइरालादेखि संशाक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधीसम्मका नाम चर्चामा आएका छन्। 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने बताए। त्यसपछि मात्र को–को मन्त्रिपरिषद्‌मा जाने तय हुने बताए। ‘सभापतिज्यूले सबै पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार र पार्टीका अन्य  कामहरूमा समेत सँधै पारदर्शिता देखाउँदै आउनु भएको छ’, महतले भने, ‘उहाँ पार्टीभित्रको सबैको सभापति र अभिभावकको जिम्मेवारीमा हुनुहुन्छ। त्यो उहाँले व्यवहारबाट पनि पटक–पटक देखाउँदै आउनु भएको छ।’ 

प्रवक्ता महतले यसो भने पनि ४ मंसिरको निर्वाचनपछि भएको संसदीय दलको निर्वाचन र १० पुसको घटनापछि मात्र देउवा पार्टीभित्रको इतर पक्षलाई समेत समेट्ने गरि अघि बढेका हुन्। संसदीय दलमा तेस्रो पुस्ताका महामन्त्री गगन थापाले देउवालाई चुनौती दिएपछि देउवा र दोस्रो तहका नेताहरू सहकार्य गर्दै मिलापको बाटोमा हिँडेको देखिन्छ। जसमा पछिल्लो समयमा देउवाले लिएको व्यवस्थापन नीतिले पनि काम गरेको नेताहरू बताउँछन्।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । मंगलबार, पुस २९, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस २९, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर मंगलबार, पुस २९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्