• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लघुवित्त पीडितको आक्रोश : ब्याजदर घटाउनुपर्‍यो, नत्र सरकारले ऋण मिनाहा गरोस्

64x64
कल्पना घिमिरे मंगलबार, फागुन ३०, २०७९  १९:३४
1140x725

काठमाडौं– मंगलबार माइतीघर मण्डलामा ७७ वटै जिल्लाका हजारौं लघुवित्त पीडित र मिटरब्याज पीडित आन्दोलनमा उत्रिए। उक्त आन्दोलन लघुवित्त संघर्ष समिति र मिटरब्याज पीडित संघर्ष समितिको सहकार्यमा वित्तीय संस्थाहरु खारेज गर्न, ऋण मिनाहा माग राखेर भएको हो। 

आन्दोलनमा बोल्दै लघुवित्त संघर्ष समितिकी केन्द्रीय उपाध्यक्ष विष्णु बुढाथोकीले ऋण लिए भन्दैमा लघुवित्तले मर्न बाध्य बनाएर ज्यादती गरेको बताइन्। ‘उसैले दिएर खाएको हो, हामीले मागेर खाएका होइनौं। यस्तो ऋण तिर्नपर्छ भन्ने छैन। सम्पूर्ण लघुवित्त पीडित दिदीबहिनीहरु आजैबाट ऋण तिर्न बन्द गर्नुस्,’ उनले भनिन्।

lagubitta pidit (2)1678800546.jpg

यस्तै लघुवित्त पीडित संघर्ष समितिको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले लघुवित्त र मिटरब्याज पीडितहरुलाई ऋण मिनाहा गराउने आश्वासन दिए । साथै उनले ऋणीहरुलाई लघुवित्तहरुबाट लिएको ऋण नतिर्नसमेत अपिल गरे। 

‘आजसम्म जति ऋण तिर्नुभयो, आजदेखि ऋण तिर्न बन्द गर्नुस्। यसरी आन्दोलनमा मलाई साथ दिँदै गर्नुस्। तपाईंहरुको ऋण मिनाहा गर्न सरकार आफैं तयार हुने छ,’ उनले भने।

lagubitta pidit (3)1678800546.jpg

त्यही आन्दोलनमा सहभागी हुन आएकी रौतहटकी कुसुम्बती सदायले ‘लघुवित्तको ऋण मिनाहा हुन्छ त?’ भन्दै आफ्नो छेउमा उभिएका एक व्यक्तिलाई प्रश्न गरिन्। ती व्यक्तिले आफू जानकार नभएको इसारा दिएर अगाडि फर्किए। 

सुकुम्बतीले ऋण मिनाहा हुने आशाले आन्दोलनमा आएको बताइन्। उनले मिटरब्याजबाटसमेत ऋण लिएको सुनाइन्। उनका श्रीमान्‌ले पाँचवर्ष अघि छोरीको विवाह गर्न ४ कट्ठा खेत दृष्टिबन्धक राखेर पाँच लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको दुई वर्षपछि मिटर ब्याजको साहुले ऋण बढेर १२ लाख पुगेको सुनाए। ऋण तिर्न भन्दै तारन्तार धम्क्याउन थाले। उनीहरुले तत्काल ऋण तिर्न सक्ने अवस्था थिएन। त्यस दिन उनीहरुले एक/दुई दिनमा तिरौंला भनेर पठाए। त्यसपछि साहु ऋण माग्न दिनदिनै जसो आएर किचकिच गर्न लागे।

lagubitta pidit (5)1678800547.jpg

सुकुम्बतीले मिटर ब्याजको ऋण तिर्नलाई स्वावलम्बी लघुवित्तबाट पाँच लाख ऋण लिइन्।  ‘पूरै तिर्न नसके पनि साहुलाई अल्झाउने मेसो हुन्छ भनेर ऋण लिएँ,’ उनी सुनाउँछिन्।

सहज होला भनेर लिइन् तर लघुवित्तले ४० हजार रुपैयाँ उनको नाममा धितो राख्ने भन्दै चार लाख ६० हजार रुपैयाँ दियो र ऋणमा १८ प्रतिशत चर्को ब्याज लगायो। महिनामा १५ हजार रुपैयाँका दरले उनले एक वर्षमा एक लाख ८० हजार बल्लतल्ल बुझाइन्। अब बाँकी तीन लाख १० हजार त सावाँ नै छ। 

Xtrem

Xtrem

सावाँ ब्याज जम्मा गर्दा ऋण कति त्यसबारे आफू जानकारसमेत नभएको उनले बताइन्। लघुवित्त र मिटर ब्याजको ऋण तिर्दातिदै आफू थला परेको उनी बताउँछिन्। 

lagubitta pidit (4)1678800547.jpg

‘न मिटर ब्याजको ऋण तिर्न सकेँ न यता लघुवित्तको। उता मिटर ब्याजको ऋण उत्तिकै बढेको छ यता लघुवित्तको। सरकारले ऋण मिनाहा गरिदिए हामी गरिबले शान्ति पाउँथ्यौं,’ उनी सुनाउँछिन्।

उनीसँगै छेउमा बसेकी कौसिलदेवि सदायले पनि मिटरब्याजको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको सुनाइन्। उनले तीन वर्षअघि एक लाख रुपैयाँ ऋण लिएकी थिइन्। त्यसको दुई वर्षपछि मिटरब्याजी साहुले एक लाखको बढेर ४ लाख रुपैयाँ पुगेको सुनाए।

त्यसपछि साहुले एक महिनाभित्र ऋण नतिरे घरजग्गा लिलाम गर्ने धम्की दिए। साहुको धम्कीपछि उनले दुई वर्षभित्रमा तिर्नेगरी मासिक १५ हजार बुझाउने शर्तमा लघुवित्तबाट तीन लाख ऋण लिइन् र मिटरब्याजको साहुलाई बुझाइन्।

lagubitta pidit (1)1678800548.jpg

‘उता मिटरब्याजको ऋण अहिले बढेर फेरी ३ लाख पुगेको छ। यता लघुवित्तमा दुई लाख बाँकी छ। त्यसको ब्याज बढेर कति पुग्यो तिर्न सकेको छैन,’ उनी सुनाउँछिन्।

यस्तै आन्दोलनमा सप्तरीदेखि आएकी रेश्मी चौधरीले लघुवित्तले चर्कोब्याज लिएर ज्यादती गरेको गु्नासो गरिन्। ‘कि ब्याज दर घटाउनुपर्‍यो। हैन भने सरकारले ऋण मिनाहा गर्नुपर्‍यो’, उनी भन्छिन्, ‘मैले धेरै ऋण लिएको छैन। मेरो जम्मा एक लाख हो तर मैले १८ प्रतिशत ब्याजमा एक वर्षमा दोब्बर तिर्नुपर्ने अवस्था छ। यो अति चर्को भयो। हामी सोझासिधा महिलालाई फसाएर चर्को ब्याज लिने लघुवित्त सरकारले खारेज गरोस् भन्ने माग हो हाम्रो। तर सरकारले खारेज गर्न सक्दैन भने ऋण मिनाहा गरोस्। नभए पनि ब्याज त घटाउनै पर्छ।’ उनले आफ्ना छिमेकी महिलाहरु त घर छाडेर हिँड्न बाध्य भएकोसमेत सुनाइन्।

lagubutta pidit1678800664.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्