काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। सोमबार राति भएको खेलमा एट्लेटिकोले जिरोनालाई १–० गोल अन्तरले हरायो।
गोलरहित बराबरीको अवस्थामा पुगेको खेलको इन्ज्युरी समयमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई १–० को जित दिलाए।
सोमबार रातिको जितसँगै एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोडेको छ। २५ खेलबाट ४८ अंक जोड्दै एट्लेटिको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जिरोना ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।