काठमाडौं– सहिद स्मारक लिग ए डिभिजनमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ।
च्यासल मैदानमा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले हराएको हो। च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एक/एक गोल गरे।
मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थप्दै खुमलटारको जित निश्चित गरेका हुन्। यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए।
यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो। यो जितपछि माथिल्लो डिभिजनमा डेब्यू गरिरहेको खुलमटारको चार खेलबाट ६ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो।
हिमालयन शेर्पा भने चार अंकमै सीमित रहँदै र दशौं स्थानमा झरेको छ। लिगमा मंगलबार तीन खेल हुनेछन्। एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा पहिलो तथा अन्तिम खेल दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लबबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।