• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् विस्तारबारे के हुँदैछ कांग्रेसभित्र? सबै क्षेत्रको प्रतिनिधित्व गराउने तयारीमा देउवा

64x64
नवीन झा मंगलबार, फागुन ३०, २०७९  १९:२०
1140x725

काठमाडौं– राष्ट्रपति निर्वाचनका कारण पुन: फेरिएको सत्ता समीकरणसँगै केन्द्रदेखि प्रदेशहरुसम्म सत्तामा कांग्रेसको ‘कमब्याक’ हुने भएको छ। यससँगै कांग्रेसभित्र मन्त्रिपरिषद्‌मा जान चाहनेहरुको दौडधूप पनि बाक्लिएको छ।

पार्टी नेतृत्व भने हिसाबिकताबमा जुटेको छ। २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उता १० पुसमा माओवादीसँग मिलेर सत्तामा फर्किएको एमाले पनि अहिले सत्ताबाट टाढिइसकेको छ।

गठबन्धनभित्र सहमति नहुँदा १० पुसमा एकाएक एमाले र माओवादी मिलेका थिए। जस अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनायो। तर प्रधानमन्त्री भएलगत्तै प्रचण्ड एमालेसँग लामो सहयात्रा असुरक्षित रहेको भन्दै कांग्रेससँग गुहार माग्न गएका थिए।

जुन राष्ट्रपति निर्वाचनमा आएर मूर्त रुप लिएको छ। त्योसँगै एमाले सत्ताबाट बाहिरियो। यद्यपि, प्रदेशहरुमा भने एमाले सत्तामै छ। उसले पाएका मुख्यमन्त्रीहरु नेतृत्व गरिरहेका छन्। यस्तोमा कांग्रेसले भने केन्द्रबाट सत्तामा प्रवेश गर्ने तयारी गरिरहेको छ।

तत्कालीन अवस्थामा एमाले सत्तामा हुँदा १० वटा मन्त्रालय पाएको थियो। स्रोतका अनुसार अहिले कांग्रेसले एमालेले पाएका ती १० वटै मन्त्रालयमा दाबी गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएका तीन/तीनवटा मन्त्रालय पनि खाली छन्। नेपाली कांग्रेस स्रोतका अनुसार मन्त्रालय बाँडफाँटमा विगतभन्दा पनि नयाँ शिराबाट अघि बढ्ने तयारी छ। जुन उपराष्ट्रपति निर्वाचनलगत्तै सुरु हुनेछ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटबारे अहिलेसम्म सत्तारुढ दलहरुका बीचमा औपचारिक रुपमा छलफल भएको छैन। ‘प्रधानमन्त्रीजीले नै उपराष्ट्रपति निर्वाचनपछि गर्ने भनेकाले त्यसबारेमा अहिलेसम्म छलफल सुरु भएको छैन’, महतले भने, ‘चैत्र ३ गतेपछि नै हामी यो विषयमा प्रवेश गर्नेछौं।’

तर कांग्रेस सभापति शेरबहादुर देउवा भने मन्त्रीहरुको नाम छनोटमा लागिसकेको कांग्रेसकै केही नेताहरु बताउँछन्। देउवाले सात वटै प्रदेशको प्रतिनिधित्व हुनेगरी मन्त्रीहरुको नाम छनोटको गृहकार्य गरिरहेको स्रोत बताउँछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अब हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस कसको नेतृत्वमा प्रवेश गर्छ भन्ने अहिले आम चासोको विषय बनेको छ। यस पटक पार्टीभित्र सरकारमा सहभागितालाई लिएर विवाद नहोस् भन्ने तरिकाले कांग्रेस सभापति देउवाले शेखर कोइराला वा प्रकाशमान सिंहमध्ये एक जनाको नेतृत्वमा सरकारमा आफ्ना मन्त्रीहरु पठाउने तयारीमा छन्।

मन्त्रालयकै टुंगो लागिनसकेकाले भने अहिले नै कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारेमा भने देउवाले निर्णय गरिसकेका छैनन्। कोइराला वा सिंहमध्ये एक जनालाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउँदा पार्टीभित्र आफूमाथि औंला नउठ्ने देउवाको आकलन छ।

अहिलेसम्मको संवाद र छलफलमा सहभागी कांग्रेसका एक नेताका अनुसार करिब आठ वटा मन्त्रालय कांग्रेसले पाउने निश्चित जस्तै छ। कांग्रेसले पाएका मन्त्रालयमा देउवाले सात वटै प्रदेश र महिला समेतको सहभागितालाई ख्याल गरेर नाम तय गर्ने तयारी गरिरहेका छन्।

यसैबीच सभापति देउवाले पत्नी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउने तयारी भइरहेको चर्चा पनि छ। तर यो विषयमा हालसम्म पुष्टि भने भइसकेको छैन। कांग्रेसभित्र मन्त्री बन्ने लाइनमा अहिलेसम्म शेखर कोइराला, प्रकाशमान सिंह, आरजु राणासहित धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल, मोहन बस्नेत, उदय शमशेर राणा लगायतका सांसदहरु रहेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्