काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लन्डन क्लब आर्सनलले सानदार जित निकालेको छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले घरेलु टोली फुलहमलाई ३–० ले पराजित गर्यो।
आर्सनलले ३ वटै गोल पहिलो हाफमा नै गर्यो। आर्सनलका लागि गाब्रिएल, गाब्रिएल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्ड १–१ गोल गरे।
खेलको २१औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा गाब्रिएलले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए। २६औं मिनेटमा ट्रोसार्डकै पासमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।
पहिलो हाफको इन्ज्युरी समयमा कप्तान मार्टिन ओडेगार्डले लियान्द्रो ट्रोसार्डकै पासमा गोल टिमका लागि तेस्रो गोल गरे। खेलको दोस्रो हाफमा भने गोल हुन सकेन।
यो जितसँगै शीर्ष स्थानमा रहेको आर्सनले ५ अंकको अग्रता लिएको छ। आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी सिटीको ६१ अंक छ। पराजित फुलहम ३९ अंक जोडेर ८औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।