काठमाडौं– ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ६ जनाको मत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटना भएको थियो। बा२ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
मध्यपहाडी लोकमार्गमा बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। दुर्घटना हुँदा बसका सहचालक ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–६ बस्ने २४ वर्षीय देवबहादुर सार्कीसमेत ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका बस चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने ४५ वर्षीय लालबहादुर तामाङ सहित २२ जनाको सामुदायिक अस्पताल घुर्मी, सुनकोशी सामुदायिक अस्पताल र शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका अन्य ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको एसपी सिलवालले जानकारी दिए।
सिन्धुली बस दुर्घटना [अपडेट]: ६ को मृत्यु, ३० घाइते, हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी
ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बस सिन्धुलीमा दुर्घटना
सिन्धुली बस दुर्घटना [अपडेट] : ५ जनाको मृत्यु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।