काठमाडौं– ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
यसअघि ५ जनाको मृत्यु भएकोमा उद्धार गर्ने क्रममा अर्को एउटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। योसँगै मृतकको संख्या ६ पुगेको हो।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटना भएको थियो। बा२ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरुलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाउने तयारी भएको एसपी सिलवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।