• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपराष्ट्रपति निर्वाचनसँगै मधेस राजनीतिमा ध्रुवीकरणको सुरुवात

64x64
नवीन झा आइतबार, फागुन २८, २०७९  १४:२४
1140x725

काठमाडौं– उपराष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्तासँगै मधेस राजनीतिमा ध्रुवीकरण सुरु भएको छ। हाल केन्द्रदेखि मधेस प्रदेशसम्म एउटै सत्ता–समीकरणमा रहेका जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपति निर्वाचनमा अलग–अलग उम्मेदवारी दिएपछि मधेस राजनीतिमा ध्रुवीकरण देखिएको हो।

जसपाले रामसहाय यादव र प्रमिलाकुमारी यादव गरी दुई जनाको उम्मेदवारी दर्ता गराएको छ भने जनमत पार्टीले ममता झाको उम्मेदवारी दर्ता गराएको छ। जसपाले आफ्ना उम्मेदवारलाई सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी र नेकपा एसको समर्थन रहेको दाबी गरेको छ भने जनमत पार्टीले लोसपा र उन्मुक्ति पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। 

उम्मेदवारी दर्तापछि शनिबार साँझ नै जनमत, लोसपा र उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने समझदारी समेत सार्वजनिक गरेका छन्। तीन वटै पार्टीका अध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै वक्तव्य जारी गरी आपसमा कार्यगत एकता गर्दै आपसी समझदारीमा अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्।

रोचक त के छ भने, यी तीन दलको मोर्चाबन्दीलाई मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा विरुद्ध मोर्चाबन्दीको रुपमा हेरिएको छ। यद्यपि, मधेस प्रदेशमा जसपाकै नेतृत्वका सरकारमा जनमत पार्टी सहभागी छ भने लोसपाले समर्थन गरेको छ। 

गएको ४ मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनबाट पहिलो पटक संसदीय राजनीतिमा उदाएका जनमत पार्टीका अध्यक्ष सिके राउतले सुरुदेखि नै जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रतिस्पर्धी मान्दै आएका छन्।

४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभातर्फ राउतले यादवलाई नै सप्तरीबाट पराजित गरेका थिए। पछि राउत र यादव दुवै केन्द्रदेखि प्रदेससम्मको एउटै समीकरणमा बस्न राजी भएका थिए। तर राउत र यादव दुवैले एकअर्कालाई काउन्टर दिँदै राजनीति गर्दै आएका छन्। 

मधेस प्रदेशदेखि केन्द्रसम्मको सत्ता साझेदारीमा राउत र यादव दुवैले एकअर्कामा बाझिने गरी यसअघि पनि दावी पेस गरेका थिए । जुन उपराष्ट्रपति निर्वाचनमा आएर आमुने–सामुन्ने नै भएका छन्। 

ध्रुवीकरणको संकेत 
शनिबार उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दलहरु भित्रै रहेका मधेस केन्द्रित दलहरु जसपा र जनमत पार्टीबाट तीन जनाको छुट्टाछुट्टै उम्मेदवारी परेपछि मधेस केन्द्रित राजनीतिमा रहेको असमभदारी पुनः एक पटक छरपष्ट भएको छ। जनमत, लोसपा र उन्मुक्ति पार्टीले कार्यगत एकता गरेपछि मधेस राजनीतिमा एकखालको तरंग नै ल्याइदिएको छ। 

Ncell 2
Ncell 2

लोसपा नेता सवेन्द्रनाथ शुक्लाले तीन दलको बीचमा अब आपसी समझदारीमा अघि बढ्ने सहमति भएको नेपाल लाइभलाई बताए। ‘हामीहरुका मुद्दादेखि विचारसम्म मिल्छ,’ शुक्लाले भने, ‘त्यही भएर उपराष्ट्रपति निर्वाचनदेखि हामी आपसी सहकार्यको बाटोमा अघि बढेका छौं।’ 

लोसपा, जनमत र उन्मुक्ति पार्टीका नेताहरुले आफूहरुसँग सल्लाह नै नगरी जसपाले उपराष्ट्रपतिमा दाबी गरेको आरोप लगाएका छन् भने जसपाले आफ्नो भागमा परेको उपराष्ट्रपति खोस्न ती दलहरु सक्रिय भएको आरोप अनौपचारिक रुपमा लगाएको छ। 

जसपा नेता राजकिशोर यादवले आफ्नो पार्टीले सत्तारुढ दलहरुको आपसी समझदारीमै उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएको बताए। निर्वाचन आयोगको पछिल्लो वक्तव्यका कारण दुई वटा उम्मेदवारी दर्ता गराएको र त्यसबारेमा चाँडै टुंगो लाग्ने पनि उनले बताए। 

शनिबार बिहान बसेको सत्तारुढ दलहरुको बैठकले जसपा र जनमत दुवैले उपराष्ट्र पदमा दावी गरेपछि बैठक अनिर्णित भएको थियो। त्यसपछि जसपा र जनामत दुवैले आ–आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्। जसपाको उम्मेदवारीमा माओवादी प्रस्तावक र समर्थक देखिन्छ भने जनमतको उम्मेदवारीमा लोसपा र उन्मुक्ति प्रस्तावक तथा समर्थक देखिन्छन्। 

पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा मधेसलाई अधार बनाएर राजनीति गरिरहेका यी दलहरु धुवीकरणको बाटोमा अघि बढेको देखिन्छ।

हुनत मधेस राजनीतिमा सुरुदेखि नै दुई वटा धुव रहँदै आएका छन्। एउटाको नेतृत्वको उपेन्द्र यादवले गरिरहेका छन् भने एउटाको नेतृत्व महन्थ ठाकुरको गर्दै आएका छन्। तर ठाकुरको साथमा सिके राउतदेखि रेशम चौधरी समेत जोडिएका छन्। जसले मधेसमा उपेन्द्र यादवमाथि दबाब बढाउन सक्ने आकलन गर्न थालिएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । मंगलबार, पुस २९, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस २९, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर मंगलबार, पुस २९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्