• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपराष्ट्रपति निर्वाचनसँगै मधेस राजनीतिमा ध्रुवीकरणको सुरुवात

64x64
नवीन झा आइतबार, फागुन २८, २०७९  १४:२४
1140x725

काठमाडौं– उपराष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्तासँगै मधेस राजनीतिमा ध्रुवीकरण सुरु भएको छ। हाल केन्द्रदेखि मधेस प्रदेशसम्म एउटै सत्ता–समीकरणमा रहेका जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपति निर्वाचनमा अलग–अलग उम्मेदवारी दिएपछि मधेस राजनीतिमा ध्रुवीकरण देखिएको हो।

जसपाले रामसहाय यादव र प्रमिलाकुमारी यादव गरी दुई जनाको उम्मेदवारी दर्ता गराएको छ भने जनमत पार्टीले ममता झाको उम्मेदवारी दर्ता गराएको छ। जसपाले आफ्ना उम्मेदवारलाई सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी र नेकपा एसको समर्थन रहेको दाबी गरेको छ भने जनमत पार्टीले लोसपा र उन्मुक्ति पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। 

उम्मेदवारी दर्तापछि शनिबार साँझ नै जनमत, लोसपा र उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने समझदारी समेत सार्वजनिक गरेका छन्। तीन वटै पार्टीका अध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै वक्तव्य जारी गरी आपसमा कार्यगत एकता गर्दै आपसी समझदारीमा अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्।

रोचक त के छ भने, यी तीन दलको मोर्चाबन्दीलाई मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा विरुद्ध मोर्चाबन्दीको रुपमा हेरिएको छ। यद्यपि, मधेस प्रदेशमा जसपाकै नेतृत्वका सरकारमा जनमत पार्टी सहभागी छ भने लोसपाले समर्थन गरेको छ। 

गएको ४ मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनबाट पहिलो पटक संसदीय राजनीतिमा उदाएका जनमत पार्टीका अध्यक्ष सिके राउतले सुरुदेखि नै जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रतिस्पर्धी मान्दै आएका छन्।

४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभातर्फ राउतले यादवलाई नै सप्तरीबाट पराजित गरेका थिए। पछि राउत र यादव दुवै केन्द्रदेखि प्रदेससम्मको एउटै समीकरणमा बस्न राजी भएका थिए। तर राउत र यादव दुवैले एकअर्कालाई काउन्टर दिँदै राजनीति गर्दै आएका छन्। 

मधेस प्रदेशदेखि केन्द्रसम्मको सत्ता साझेदारीमा राउत र यादव दुवैले एकअर्कामा बाझिने गरी यसअघि पनि दावी पेस गरेका थिए । जुन उपराष्ट्रपति निर्वाचनमा आएर आमुने–सामुन्ने नै भएका छन्। 

ध्रुवीकरणको संकेत 
शनिबार उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दलहरु भित्रै रहेका मधेस केन्द्रित दलहरु जसपा र जनमत पार्टीबाट तीन जनाको छुट्टाछुट्टै उम्मेदवारी परेपछि मधेस केन्द्रित राजनीतिमा रहेको असमभदारी पुनः एक पटक छरपष्ट भएको छ। जनमत, लोसपा र उन्मुक्ति पार्टीले कार्यगत एकता गरेपछि मधेस राजनीतिमा एकखालको तरंग नै ल्याइदिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

लोसपा नेता सवेन्द्रनाथ शुक्लाले तीन दलको बीचमा अब आपसी समझदारीमा अघि बढ्ने सहमति भएको नेपाल लाइभलाई बताए। ‘हामीहरुका मुद्दादेखि विचारसम्म मिल्छ,’ शुक्लाले भने, ‘त्यही भएर उपराष्ट्रपति निर्वाचनदेखि हामी आपसी सहकार्यको बाटोमा अघि बढेका छौं।’ 

लोसपा, जनमत र उन्मुक्ति पार्टीका नेताहरुले आफूहरुसँग सल्लाह नै नगरी जसपाले उपराष्ट्रपतिमा दाबी गरेको आरोप लगाएका छन् भने जसपाले आफ्नो भागमा परेको उपराष्ट्रपति खोस्न ती दलहरु सक्रिय भएको आरोप अनौपचारिक रुपमा लगाएको छ। 

जसपा नेता राजकिशोर यादवले आफ्नो पार्टीले सत्तारुढ दलहरुको आपसी समझदारीमै उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएको बताए। निर्वाचन आयोगको पछिल्लो वक्तव्यका कारण दुई वटा उम्मेदवारी दर्ता गराएको र त्यसबारेमा चाँडै टुंगो लाग्ने पनि उनले बताए। 

शनिबार बिहान बसेको सत्तारुढ दलहरुको बैठकले जसपा र जनमत दुवैले उपराष्ट्र पदमा दावी गरेपछि बैठक अनिर्णित भएको थियो। त्यसपछि जसपा र जनामत दुवैले आ–आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्। जसपाको उम्मेदवारीमा माओवादी प्रस्तावक र समर्थक देखिन्छ भने जनमतको उम्मेदवारीमा लोसपा र उन्मुक्ति प्रस्तावक तथा समर्थक देखिन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा मधेसलाई अधार बनाएर राजनीति गरिरहेका यी दलहरु धुवीकरणको बाटोमा अघि बढेको देखिन्छ।

हुनत मधेस राजनीतिमा सुरुदेखि नै दुई वटा धुव रहँदै आएका छन्। एउटाको नेतृत्वको उपेन्द्र यादवले गरिरहेका छन् भने एउटाको नेतृत्व महन्थ ठाकुरको गर्दै आएका छन्। तर ठाकुरको साथमा सिके राउतदेखि रेशम चौधरी समेत जोडिएका छन्। जसले मधेसमा उपेन्द्र यादवमाथि दबाब बढाउन सक्ने आकलन गर्न थालिएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्