काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि तेस्रो चरणका खेल हुँदैछन्।
लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २:३० बजे हुनेछ।
यस्तै, दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।