• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्च अगाडि द्वन्द्वपीडितको चित्कार- हामीलाई न्याय खोई?

64x64
कल्पना घिमिरे शुक्रबार, फागुन २६, २०७९  ११:०७
1140x725

काठमाडौं– बिहीबार सर्वोच्च अदालत अगाडि सेतो पहिरनमा एक महिला ‘मलाई न्याय खोई?, नन्दप्रसाद अधिकारी शिक्षण अस्पताल बाकस नम्बर ४, न्यायका लागि ऐक्यबद्धता’ लेखिएको ब्यानर बोकेर उभिएकी थिइन्। 

सेतो टिसर्ट अगाडिपट्टिको भागमा दायाँपट्टि स्वर्गीय श्रीमान् नन्दप्रसाद अधिकारीको तस्बिर प्रिन्टेड थियो भने बायाँपट्टि कान्छो छोरा कृष्णप्रसाद अधिकारीको।

उनी हुन् १९ वर्षदेखि छोरा कृष्णको न्याय मागिरहेकी गोरखा फुजेलकी गंगामायाँ अधिकारी। पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा मृत्यु भएकामध्ये ५ हजार जनाको जिम्मा लिन्छु भनेपछि अधिवक्ता ज्ञानेन्द्र आरण र शंकर बुढाथोकीसहितले जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध रिट दायर गरेका थिए।

उक्त रिटको सुनुवाइ बिहीबार दिउँसो दुई बजे हुने भन्दै गंगा सर्वोच्च अदालतमा न्याय माग्न पुगेकी थिइन्। आफ्ना छोराको न्यायका लागि दोषीलाई फाँसीको सजाय हुनुपर्ने उनको माग थियो। 

‘मेरो बालखा छोराले के अपराध गरेको थियो र मारे? मेरो छोरो भरखर एसएलसी दिएर बसेको थियो। मेरो छोरालाई फाँसी दिएको छ भने मैले फासीको सजाय माग गर्न नहुने हो र?’, उनले भनिन्।

साथै छोराको हत्यारालाई फासीको सजाय भए मात्र आफ्ना मृत श्रीमान् नन्दप्रसादको अन्तिम संस्कार गर्ने उनी बताउँछिन्। ‘हत्यारालाई टुँडीखेलमा लगेर झुन्ड्याएपछि म मेरो बुढाको लास पोल्न जान्छु। कानुन बनाउने हत्यारा छन्,’ उनले भनिन्।

२०६१ सालमा जेठ २४ गते तत्कालीन माओवादीद्वारा उनका १७ वर्षीय छोरा कृष्ण मारिएका थिए। त्यसपछि २०७० कात्तिकमा अधिकारी दम्पतीले न्याय माग्दै आमरण अनसन सुरु गरे। अनसनको ३३४औं दिनमा २०७१ असोज ६ गते गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भयो। नन्दप्रसादको अझै अन्तिम संस्कार हुन सकेको छैन।

यस्तै बिहीबार नै कैलालीका ज्ञानबहादुर विष्ट आफ्नी श्रीमतीको न्यायका लागि सर्वोच्च अगाडि पुगेका थिए। उनकी श्रीमती २०५९ सालमा माओवादी र नेपाली सेनाको भिडन्तमा गोली लागेर मारिएकी थिइन्। सर्वोच्चको गेट अगाडि बसेर विष्ट श्रीमती बितेको दिन र अघि-पछिका घटना सुनाउँदै थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञानबहादुरले ‘विष्ट स्विट हाउस’ पसल सञ्चालन गरेका थिए। ५९ सालतिर पसलमा श्रीमती मात्र भएको दिनमा माओवादी आएर पैसा लुटपाट गरे।

‘हामीसित कि छोरो कि श्रीमान् पठा भनेछन्। अनि श्रीमतीले छोरो सानो छ पठाउँदिन भनेपछि उनलाई कुटपिट गरेर ४० हजार रुपैयाँ लुटेर लगे। त्यसको १५ दिनपछि फेरि पसलमा छोरो भएको बेला आएर माओवादीहरुले पसलका सारा सामान लुटपाट गरेर छोरालाई मरणासन्न हुनेगरी कुटपिट गरे,’ उनले भने।

एक महिनापछि दिनको २ बजेतिर उनको पसल अगाडि भिडन्त भयो। भिडन्तका क्रममा उनकी श्रीमतीलाई गोली लाग्यो। ज्ञानबहादुरकी श्रीमती त्यहीँ मारिइन्। 

‘एक्कासि भिडन्त भयो। गोली लागेर उनी मारिइन्। मेरो टाउकोमा पनि २ वटा गोलीका छर्रा लागेर घाइते भएँ। त्यो बेलामा मरेका ७६ जनाको सनाखत भयो,’ उनले सुनाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै शंकर बुढाथोकीले कानुन सर्वसाधारणदेखि प्रधानमन्त्री, राष्ट्रपति सबैलाई समान रुपले लागू हुने हुँदा प्रधानमन्त्री प्रचण्डलाई पनि कानुनी कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको बताए। 

उनले भने, ‘कानुन सबैका लागि समान हुन्छ। प्रधानमन्त्री प्रचण्डले खुलेआम रुपमा एक सार्वजनिक कार्यक्रममा बोल्दै मैले पाँच हजारको जिम्मा लिन्छु भनेका छन्। उनले पाँच हजार मारेको जिम्मा लिने भनेर स्विकारिसकेपछि यो उनको पहिलो बयान हो। अब अदालतमा हुने दोस्रो बयान हो। यदि उनीसँग नैतिकता छ भने सबै मुद्दाहरु जनयुद्धको हिसाबले भनेर टार्न पाइँदैन,’ उनले भने।

‘यदि उनको नैतिकता छ भने उनले हिजै राजीनामा दिनुपर्थ्यो। र, अदालतलाई सहयोग गर्नुपर्थ्यो। सबै कुराहरु युद्धमा भएको भनेर उनले छुट पाउँदैनन्। हामी ढिलै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउँछौं। पावर-पैसाले मुद्दाहरु गुपचुप पारिन्छ तर यो मुद्दा त्यस्तो किसिमको होइन। यहाँ शिक्षक, विद्यार्थी, किसान, व्यापारी मारिएका छन्,’ उनले थपे। 

साथै सर्वोच्चले नसके अन्तर्राष्ट्रिय अदालतमासमेत रिट दायरा गर्ने उनले बताए। शंकर रामेछापका द्वन्द्वपीडित हुन्। उनी नेपाली कांग्रेसको सदस्य भएकै कारण उनका चार भाइको ४ सय रोपनी जमिन माओवादीले कब्जा गरे। चारै भाइलाई भूमिहीन बनाइएपछि उनीहरु काठमाडौं छिरे। 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्