• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्च अगाडि द्वन्द्वपीडितको चित्कार- हामीलाई न्याय खोई?

64x64
कल्पना घिमिरे शुक्रबार, फागुन २६, २०७९  ११:०७
1140x725

काठमाडौं– बिहीबार सर्वोच्च अदालत अगाडि सेतो पहिरनमा एक महिला ‘मलाई न्याय खोई?, नन्दप्रसाद अधिकारी शिक्षण अस्पताल बाकस नम्बर ४, न्यायका लागि ऐक्यबद्धता’ लेखिएको ब्यानर बोकेर उभिएकी थिइन्। 

सेतो टिसर्ट अगाडिपट्टिको भागमा दायाँपट्टि स्वर्गीय श्रीमान् नन्दप्रसाद अधिकारीको तस्बिर प्रिन्टेड थियो भने बायाँपट्टि कान्छो छोरा कृष्णप्रसाद अधिकारीको।

उनी हुन् १९ वर्षदेखि छोरा कृष्णको न्याय मागिरहेकी गोरखा फुजेलकी गंगामायाँ अधिकारी। पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा मृत्यु भएकामध्ये ५ हजार जनाको जिम्मा लिन्छु भनेपछि अधिवक्ता ज्ञानेन्द्र आरण र शंकर बुढाथोकीसहितले जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध रिट दायर गरेका थिए।

उक्त रिटको सुनुवाइ बिहीबार दिउँसो दुई बजे हुने भन्दै गंगा सर्वोच्च अदालतमा न्याय माग्न पुगेकी थिइन्। आफ्ना छोराको न्यायका लागि दोषीलाई फाँसीको सजाय हुनुपर्ने उनको माग थियो। 

‘मेरो बालखा छोराले के अपराध गरेको थियो र मारे? मेरो छोरो भरखर एसएलसी दिएर बसेको थियो। मेरो छोरालाई फाँसी दिएको छ भने मैले फासीको सजाय माग गर्न नहुने हो र?’, उनले भनिन्।

साथै छोराको हत्यारालाई फासीको सजाय भए मात्र आफ्ना मृत श्रीमान् नन्दप्रसादको अन्तिम संस्कार गर्ने उनी बताउँछिन्। ‘हत्यारालाई टुँडीखेलमा लगेर झुन्ड्याएपछि म मेरो बुढाको लास पोल्न जान्छु। कानुन बनाउने हत्यारा छन्,’ उनले भनिन्।

२०६१ सालमा जेठ २४ गते तत्कालीन माओवादीद्वारा उनका १७ वर्षीय छोरा कृष्ण मारिएका थिए। त्यसपछि २०७० कात्तिकमा अधिकारी दम्पतीले न्याय माग्दै आमरण अनसन सुरु गरे। अनसनको ३३४औं दिनमा २०७१ असोज ६ गते गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भयो। नन्दप्रसादको अझै अन्तिम संस्कार हुन सकेको छैन।

यस्तै बिहीबार नै कैलालीका ज्ञानबहादुर विष्ट आफ्नी श्रीमतीको न्यायका लागि सर्वोच्च अगाडि पुगेका थिए। उनकी श्रीमती २०५९ सालमा माओवादी र नेपाली सेनाको भिडन्तमा गोली लागेर मारिएकी थिइन्। सर्वोच्चको गेट अगाडि बसेर विष्ट श्रीमती बितेको दिन र अघि-पछिका घटना सुनाउँदै थिए।

Ncell 2
Ncell 2

ज्ञानबहादुरले ‘विष्ट स्विट हाउस’ पसल सञ्चालन गरेका थिए। ५९ सालतिर पसलमा श्रीमती मात्र भएको दिनमा माओवादी आएर पैसा लुटपाट गरे।

‘हामीसित कि छोरो कि श्रीमान् पठा भनेछन्। अनि श्रीमतीले छोरो सानो छ पठाउँदिन भनेपछि उनलाई कुटपिट गरेर ४० हजार रुपैयाँ लुटेर लगे। त्यसको १५ दिनपछि फेरि पसलमा छोरो भएको बेला आएर माओवादीहरुले पसलका सारा सामान लुटपाट गरेर छोरालाई मरणासन्न हुनेगरी कुटपिट गरे,’ उनले भने।

एक महिनापछि दिनको २ बजेतिर उनको पसल अगाडि भिडन्त भयो। भिडन्तका क्रममा उनकी श्रीमतीलाई गोली लाग्यो। ज्ञानबहादुरकी श्रीमती त्यहीँ मारिइन्। 

‘एक्कासि भिडन्त भयो। गोली लागेर उनी मारिइन्। मेरो टाउकोमा पनि २ वटा गोलीका छर्रा लागेर घाइते भएँ। त्यो बेलामा मरेका ७६ जनाको सनाखत भयो,’ उनले सुनाए।

यस्तै शंकर बुढाथोकीले कानुन सर्वसाधारणदेखि प्रधानमन्त्री, राष्ट्रपति सबैलाई समान रुपले लागू हुने हुँदा प्रधानमन्त्री प्रचण्डलाई पनि कानुनी कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको बताए। 

उनले भने, ‘कानुन सबैका लागि समान हुन्छ। प्रधानमन्त्री प्रचण्डले खुलेआम रुपमा एक सार्वजनिक कार्यक्रममा बोल्दै मैले पाँच हजारको जिम्मा लिन्छु भनेका छन्। उनले पाँच हजार मारेको जिम्मा लिने भनेर स्विकारिसकेपछि यो उनको पहिलो बयान हो। अब अदालतमा हुने दोस्रो बयान हो। यदि उनीसँग नैतिकता छ भने सबै मुद्दाहरु जनयुद्धको हिसाबले भनेर टार्न पाइँदैन,’ उनले भने।

‘यदि उनको नैतिकता छ भने उनले हिजै राजीनामा दिनुपर्थ्यो। र, अदालतलाई सहयोग गर्नुपर्थ्यो। सबै कुराहरु युद्धमा भएको भनेर उनले छुट पाउँदैनन्। हामी ढिलै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउँछौं। पावर-पैसाले मुद्दाहरु गुपचुप पारिन्छ तर यो मुद्दा त्यस्तो किसिमको होइन। यहाँ शिक्षक, विद्यार्थी, किसान, व्यापारी मारिएका छन्,’ उनले थपे। 

साथै सर्वोच्चले नसके अन्तर्राष्ट्रिय अदालतमासमेत रिट दायरा गर्ने उनले बताए। शंकर रामेछापका द्वन्द्वपीडित हुन्। उनी नेपाली कांग्रेसको सदस्य भएकै कारण उनका चार भाइको ४ सय रोपनी जमिन माओवादीले कब्जा गरे। चारै भाइलाई भूमिहीन बनाइएपछि उनीहरु काठमाडौं छिरे। 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्