काठमाडौं– सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहित स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै पहिलो जित निकालेको छ।
ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले दशरथ रंगशलामा पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ।
यससँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो। निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लबले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो।
यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो। लिगमा बिहीबार दुई खेल हुनेछन्।
पहिलो एन्फा कप्लेक्समा न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।