काठमाडौं– जर्मन क्लब बोरूसिया डर्टमुन्डलाई दोस्रो लेगमा २–० ले पराजित गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। चेल्सीले डर्टमुन्डमाथि समग्रमा २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी पहिलो लेगमा १–० गोल अन्तरको जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको हो। चेल्सीलाई जिताउन रहिम स्टर्लिङ र काई हाभर्टजले १-१ गोल गरेका थिए।
खेलको ४३औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। ५३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले चेल्सीको अग्रता दोब्बर पारे। चेल्सीसँग पराजित भएपछि डर्टमुन्ड लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।