काठमाडौं– एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले बुधबार प्यालेस्टाइनसँग खेल्दैछ।
नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ।
केही समयअघि साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ।
समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेका छन्। यूएईले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ।
नेपालले सोमबार नर्दन मारियानासँग दोस्रो खेल खेल्नेछ। छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन्।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। त्यसपछि उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ।
यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ।
नेपाली टोली :
गोलकिपर– कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डर– सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर– तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड– गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।