काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार तीन खेल हुँदैछन्। बुधबार दशरथ रंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। पुलिस र हिमालयनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
पुलिस पहिलो जितको खोजिमा हुनेछ। पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो। हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ।
पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो। दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेल साँझ ५:३० बजे शुरु हुनेछ।
च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।