काठमाडौं– केलियन एम्बाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसलाई ४–२ गोलले हराएको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले खेलको १२औँ मिनेटमा अग्रता बनाएको थियो। एसजीका लागि अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले गोल गरे। १७ औं मिनेटमा पीएसजीले उपहार गोल पायो।
३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। ३८औं मिनेटमा गनागोले गोल गर्दा खेल २–२ गोलको बराबरीको स्थितिमा पुग्यो।
६० औँ मिनेटमा एम्बाप्पेको क्रसमा ड्यानिलो परेराले गोल गरेर पीएसजीलाई ३–२ गोलको अग्रता दिलाए।
खेलको इन्जुरी समयमा स्टार खेलाडी एम्बाप्पेले कीर्तिमानी गोल गर्दै पीएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए।
शनिबार रातिको गोलसँगै एमबाप्पे पीएजीका लागि सर्वाधिक गोलकर्ता बनेका छन्। उरुग्वेका भेट्रान इडिन्शन काभानीलाई पछि पारे।
शनिबार रातिको जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ। पीएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ। पराजित नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।