काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग शुक्रबार सुरु हुँदैछ। फ्रेन्ड्स क्लब र एफसी खुमलटारबीच खेल हुनेछ।
दशरथ रंगशालासहित सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल फुटबल मैदानमा पनि लिगका खेलहरु हुनेछन्। यस पटक डबल राउन्ड रोविनका आधारमा खेलाइनेछन्।
लिगको विजेताले उपाधिसहित ७५ लाख रुपैयाँ पाउनेछ। दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
फेयर प्ले चुनिने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। लिगको सर्वोत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २ लाख रुपैयाँ र उदयीमान खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउँनेछन्। हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउनेछ भने बराबरीमा टुंगिएमा त्यो रकम दुवै टोलीलाई बराबर दिइनेछ।
खेल तयारीका लागि एन्फाले हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ। त्यसमध्ये हरेक क्लबलाई १५ लाख रुपैयाँ दिइसकिएको एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।