काठमाडौं– स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा रियलका खेलाडीले आत्मघाती गोल गर्दा बार्सिलोना १–० ले विजयी भयो।
६५ प्रतिशत बल पोसेसन राख्दै बार्सिलोनामाथि दबाब बढाएको रियलले गोल भने गर्न सकेन। खेलको २६औं मिनेटमा रियलका डिफेण्डर एडर मिलिटाओलै आत्मघाती गोल गरे। पाब्लो गाभीको पासमा फ्रान्क केसीको प्रहार मिलिसाओलाई लाग्दै गोलमा परिणत भएका थियो।
बिहीबार रातिको खेलमा मिलेको जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ।
रियलले भने फाइनल पुग्न अबको खेलमा जित निकाल्नुपर्नेछ। रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।