काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वल्भ्समाथि सहज जित निकालेको छ। एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले पाहुना टोली वल्भ्सलाई २–० ले हरायो।
लिभरपुलका लागि फरवार्ड मोहम्मद सलाह र डिफेन्डर भर्जिल भान डाइकको गोल गरे। पाहुना टोलीमाथि बल पोसेसन राख्दै दबाब बढाए पनि लिभरपुलले गोल निकाल्नका लागि भने निकै संघर्ष गर्नु पर्यो।
खेलको ७३औं मिनेटमा मात्रै भान डाइकले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए। डिएगो जोटाको पासमा हेडरमार्फत् गोल गर्न सफल भए भान डाइक।
त्यसको ४ मिनेटपछि मोहम्मद सलाह गोल थपे। खेलको ७७औं मिनेटमा कोन्सटानटिनोसको पासमा सलाहले गोल गरे।
बुधबार रातिको जितसँगै २४ खेलबाट ३९ अंकसहित लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित वल्भ्स २५ खेलबाट २४ अंक जोडेर १५औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।