काठमाडौं– राजधानीमा बुधबार सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। त्यसअघि मच्छिन्द्रका लागि खेलको ५ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदोबाटोका लागि खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गरेका थिए।
उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको। उपविजेता बनेको सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।