• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फकाएर १५ वर्षमै बिहे, गर्भवती भएपछि श्रीमान् सम्पर्कविहीन 

64x64
कल्पना घिमिरे मंगलबार, फागुन १६, २०७९  १२:०१
1140x725

काठमाडौं– गत फागुन ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक किशोरी रुँदै आफ्नो श्रीमान् बेपत्ता भएको बिलौना सुनाउँदै थिइन्। उनी हुन् जुम्ला घर भएकी १६ वर्षीया सुस्मिता (नाम परिवर्तन)।  

फेसबुक पेजमा राखिएको उक्त भिडियोमा सुस्मिताले आफू १५ वर्षकी हुँदा ललाइफकाइ बिहे गराइएको र १६ वर्षको उमेरमा गर्भवती भएको बताएकी छन्। आफू गर्भवती भएको जानकारी पाउनेबित्तिकै श्रीमान् सम्पर्कविहीन भएको भन्दै खोजीका लागि गुहार मागिरहेकी छन्। 

जुम्लाको सिजाकी सुस्मिताका बुवा ३ वर्षअघि बाख्रा चराउन जंगल गएका बेला उतै झुण्डिएको अवस्थामा फेला परे। त्यसपछि दैनिकजसो घरमा साहुहरु ऋण माग्नका लागि धाउन थाले। आम्दानीको अर्को स्रोत नभएको र घरमा खान/लाउनसमेत समस्या परेको अवस्थामा साहुहरुको दैनिक आवतजावतले उनकी आमा मानसिक रोगकी सिकार बनिन्। त्यसैमाथि बर्खामा आएको बाढीले घरखेत बगायो। 

घरमा केही नभएपछि उनी बजारमा डेरा लिएर बस्न थालिन्। त्यो डेराका लागि पनि विवाह गरेर भारतमा रहेकी उनकी दिदीले पैसा पठाइदिन्थिइन्। 

न घर न खेत, केही नभएपछि उनलाई समस्या पर्‍यो। आमाको अवस्था बिग्रिएपछि २ जना भाइ र १ जना बहिनीको जिम्मेवारी पनि उनकै काँधमा आयो। कक्षा ८ मा पढ्दै गरेकी सुस्मितालाई काम खोज्नुपर्ने अवस्था आयो। सोही क्रममा भारतमा रहेकी उनकी जेठी दिदीले कामका लागि त्यतै आउन भनिन्। 

अभाव टार्न बिहे 
भारत पुगेपछि उनले खेतबारीमा मल बोक्ने काम पाइन्। काम गर्दैगर्दा सुर्खेत घर भएकी मञ्जु कुर्मीसँग उनको चिनजान भयो। मञ्जु पनि सुस्मिताले काम गर्ने ठाउँमै काम गर्थिन्। 

दुवैजनाबीच चिनजान बाक्लो हुँदै जाँदा सुस्मिताले मञ्जुलाई आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराइन्। पढ्ने उमेरमा अर्काको देशमा कमाउन आउनुपर्ने बाध्यताबारे उनले मञ्जुसँग बेलिविस्तार लाइन्। 

उनको त्यो दुःख देखेपछि ती महिलाले आफ्नो गाउँकै एक जना इमान्दार केटा भएको र विवाह गर्न सुझाइन्। उनी जम्मा १५ वर्षकी मात्र थिइन्। विवाह गरेपछि घरको अवस्था सुधार गर्न सहयोग मिल्ने र जिन्दगीमा पनि केही दु:ख घट्ने आश्वासन पाएपछि सुस्मिता बिहेका लागि राजी भइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विवाहित दिदीको आश्रयमा अर्काको देशमा काम गर्न गएकी सुस्मिताका लागि त्यो प्रस्ताव आफ्नो जिन्दगीमा दु:ख घटाउने माध्यम हुन्छ भन्ने विश्वास लाग्यो। ‘मेरो अवस्थाबारे जानकारी पाएपछि ती दिदीले आफ्नो गाउँको एउटा इमान्दार केटा यतै काम गरिरहेको जानकारी गराइन्। त्यो केटासँग बिहे गरे सुख पाउँछेस् भनेर फकाइन्। मैले केटा पनि देखेकै थिइन्ँ,’ नेपाल लाइभसँग कुरा गर्दै सुस्मिताले आफ्नो दुखेसो पोखिन्। 

सुस्मिताको मञ्जुरीपछि मञ्जुले सुर्खेतका २० वर्षीय सागर झेरी मगरसँग चिनजान गराइदिइन्। भाइ–बहिनीलाई थोरै भए पनि हेर्न सकिन्छ र आफ्नो अवस्था पनि सुधार हुन्छ कि भनेर उनले गत चैत्र १ गते भारतमै विवाह गरिन्। भारतमा हुँदासम्म उनीहरुको सम्बन्ध राम्रै थियो। गत भदौमा भने उनीहरु सुर्खेतमा भएको सागरको घर आए। 

सुर्खेतमा श्रीमान्‌को घरमा आइसकेपछि आफूहरुले सिन्दुर फूकाएको सुस्मिताले सुनाइन्। घर आएसँगै उनी गर्भवती पनि भइन्। अहिले सुस्मिताको पेटमा सागरको सात महिनाको बच्चा छ। गर्भवती भएसँगै सागर फेरि कमाउन भारततर्फ लागे। 

सासू–सुराबाट हिंसा
श्रीमान् भारत गएपछि उनले घर सम्हालेर बस्न थालिन्। ‘केही दिनसम्म त सासू–ससुराको व्यवहार राम्रै थियो। तर विस्तारै उहाँहरुले पनि वास्ता गर्न छाड्नुभयो। कहिलेकाहिँ काममा ढिला हुँदा गाली मात्र होइन, कुटपिटसमेत गर्न थाल्नुभयो,’ उनले भनिन्, ‘मेरो छोराले तँ भन्दा राम्री केटी पाउँथ्यो। तँ किन पछि लागेर आइस् भनेर ससुराले कुटपिटसमेत गर्थे।’

Xtrem

Xtrem

जे–जस्तो भए पनि उनी सहेरै घरमा बसिन्। दशैं लाग्यो, उनलाई माइती जान मन लाग्यो। माइत जान उनले घरमा सल्लाह गरिन्। तर सासू–ससुरा माइती पठाउन राजी भएनन्। उनका काका ससुराले भने उनलाई माइतीमा पुर्‍याए। 

माइती पुगेदेखि श्रीमान् सम्पर्कविहीन 
जब उनी माइत पुगिन् त्यसपछि सागरले उनको फोन नै उठाउन छाडे। अरु नम्बरबाट फोन गर्दा पनि फोन काट्ने र ढाँट्ने गर्न थालेको सुस्मिता बताउँछिन्। आफ्नो नम्बर त ‘ब्ल्याक लिस्ट’ राखेको उनी बताउँछिन्। 

‘सुर्खेत घर जाउँ भने घर नै चिन्दिनँ। पहिला घर त गएको हो, धेरै बसिनँ। उता श्रीमान्‌ले फोन उठाउँदैनन्। पेटमा ७ महिनाको बच्चा छ। घरमा भाइ बहिनी सानै छन्। ममी पनि मानसिक रोगी हुनुहुन्छ। गर्भ जाँच गर्ने पैसा समेत नभएर गएको थिइनँ। आज एकजना  दिदीले अस्पताल लगेपछि गएँ,’ उनले नेपाल लाइभसँग भनिन्।

उनले भारतमा श्रीमान्‌सँगै बस्ने श्रीमानका मामाको नम्बरमा फोन गर्दा मामाले समेत श्रीमान् सागरसँग कुरा नगराएको सुस्मिताको भनाइ छ। भारत बस्ने उनका श्रीमान्‌का मामासँग नेपाल लाइभले पटक–पटक टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्। 

सुस्मिताले दिएको उनका श्रीमान् सागरको भारतीय नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।  

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्