काठमाडौं– अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्किँदा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित दर्ता गरेको छ।
प्रेन्च लिग वानमा पीएसजीले घरेलु टोली मार्सेलाई ३–० गोलले पराजित गर्यो। आइतबार राति भएको खेलको २५औं मिनेटमा एमबाप्पेले गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। २९औं मिनेटमा एमबाप्पेको पासमा मेसीले दोस्रो गोल थपे।
खेलको ५५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। त्यसपछि थप गोल हुन नसक्दा पीएजीले ३–० गोलको जित निकाल्यो।
आइतबार रातिको गोलसँगै अर्जेन्टिनी फरवार्ड मेसीले क्लब करियरमा ७००औं गोल पूरा गरेका छन्। क्लब करियरमा ७०० गोल पूरा गर्नेमा मेसी क्रिस्टियानो रोनाल्डोपछि दोस्रो बने। मेसीले पीएसजीका लागि भने २८औं गोल पूरा गरेका छन्।
आइतबार रातिको जितसँगै शीर्ष स्थानमा पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ। पराजित मार्से ५२ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।