एजेन्सी– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु टोली बर्नमाउथमाथि सानदार जित हात पारेको छ। सिटीले बर्नमाउथलाई ४–१ ले पराजित गर्यो।
बर्नमाउथको होम ग्राउण्ड भिटालिटी स्टेडियममा भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पायो। बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए।
खेलको १५औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २९औं मिनेटमा हालान्डको गोलबाट सिटीले अग्रता दोब्बर पार्यो।
४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमै सिटी ३–० को सुविधाजनक स्थितिमा रह्यो। ५१औं मिनेटमा क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर भयो।
८३औं मिनेटमा बर्नमाउथका जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए। तर, त्यसपछि गोल हुन नसक्दा सिटीले ४–१ को सानदार जित दर्ता गर्यो।
यो जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको आर्सनलको ५७ अंक छ। आर्सनलले सिटीभन्दा १ खेल कम खेलेको छ। शनिबार सिटीसँ पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।