एजेन्सी– क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ। च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको बार्सिलोना बिहीबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित हुँदै युरोपाबाट पनि बाहिरिएको हो।
नकआउट चरणको प्ले अफको दोस्रो लेगमा शुरुवाती अग्रता लिएको बार्सिलोनाले त्यसलाई जोगाउन सकेन। खेलको १८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।
तर, खेलको ४७औं मिनेटमा फ्रेडले ब्रुनोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ १–१ को बराबरी सकिएकोमा दोस्रो हाफपछि युनाइटेडले अर्को गोल थप्यो। खेलको ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए।
क्याम्पनाउमा भएको पहिलो लेगमा भने युनाइटेड र बार्सिलोनाले २-२ गोलको बराबरी खेलेका थिए।
नकआउट चरणको प्ले अफअन्तर्गत बार्सिलोनासँग समग्रमा ४–३ को जित निकाल्दै युनाइटेडले युरोपाको अन्तिम १६ मा स्थान पक्का गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।