काठमाडौं– युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ को बराबरीमा रोकिएको हो।
रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले २७औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। इल्केए गुन्डोगानको पासमा सिटीका रियाद महारेजले गोल गरे।
पहिलो हाफ सकिँदा सिटीले १–० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा भने सिटीले अग्रता जोगाउन सकेन। खेलको ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट गोल नहुँदा खेल १–१ को बराबरीमा टुंगियो।
१–१ को बराबरीसँगै दुवै टोलीले क्वाटरफाइल पुग्ने सम्भावना जीवित राखेका छन्। अब १४ मार्चमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली क्वाटरफाइनल पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।