• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा मधेस केन्द्रित दलहरु प्रमुख पार्टीको निर्णय कुर्दै

64x64
नवीन झा मंगलबार, फागुन ९, २०७९  २०:३७
1140x725

काठमाडौं- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर राजनीति तातिरहेको छ। प्रमुख दलहरु आफू अनुकूल व्यक्तिलाई शीतल निवास प्रवेश गराउन प्रयत्नरत छन्। तर मधेस केन्द्रित दलहरुले भने आफ्नो रणनीति तय गरिसकेका छैनन्। प्रमुख पार्टीहरुले लिने निर्णयपछि मात्रै जसपादेखि नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्धारण हुने यी पार्टी सम्बद्ध नेताहरुको प्रतिक्रिया छ।

‘हामीहरु आफैंले केही निर्णय गर्दैमा केही हुनेवाला नै छैन’, मधेस केन्द्रित एक दलका एक शीर्ष नेता भन्छन्, ‘त्यसैले कांग्रेस, एमाले र माओवादी केन्द्रले के कस्तो निर्णय लिन्छन्, त्यसपछि मात्रै हामीले आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने हुन्छ।’

संघदेखि प्रदेशसम्म उपस्थिति रहेका जसपा, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीको कूल मतभार पाँच हजारभन्दा माथि छ। त्यसैले राष्ट्रपति निर्वाचनमा उनीहरुको साथ र समर्थन पनि महत्त्वपूर्ण हुनेछ। मुख्य दलहरु विभाजित भएर उम्मेदवार तय गरेमा सानो संख्याको मत पनि निर्णायक हुनसक्छ।

जसपाले शनिबार र आइतबार पार्टीको कार्यकारणी समिति बैठक गरेको थियो। लोसपाले पनि बुधबार पार्टीको कार्यकारणी समिति बैठक बोलाएको छ। जनमत पार्टीको अघिल्लो हप्ता मात्रै पार्टीको बैठक राखेको थियो। ती बैठकहरुमा पार्टीको कामहरुका साथै समसामयिक राजनीतिका बारेमा छलफल भएको र हुने बताइएको छ। समसामयिक विषयमा मुख्यतः राष्ट्रपति निर्वाचन नै पर्छ। तर नेताहरु भन्छन्, ‘हामीले मात्रै छलफल गरेर केही नहुने भएकाले प्रमुख दलहरुले लिने निर्णयलाई कुरेर बसेका छौं।’

जसपा नेता राजकिशोर यादवले पनि आफ्नो पार्टी प्रमुख दलहरुको निर्णयपछि मात्रै राष्ट्रपति निर्वाचन बारेमा निर्णय लिने बताए। जसपाले अनौपचारिक रुपमा उपराष्ट्रपतिमा दाबी गरेको छ। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ मा हुने गरी मिति तय भएको छ। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ र उपराष्ट्रपति निर्वाचनका लागि फागुन २६ मा उम्मेदवारी दर्ता हुने मिति तय भएको छ।

जसपा नेता यादवले उपराष्ट्रपतिमा जसपाले उम्मेदवारी दिने गरी छलफल चलिरहेको बताए। ‘पहिला राष्ट्रपति निर्वाचनमा के-कस्तो समीकरण बन्छ, त्यो अझै प्रष्ट नै छैन’, उनले भने, ‘त्यसपछि मात्रै उपराष्ट्रपतिका बारेमा ठोस निर्णय गर्छौं। यद्यपि यसमा हाम्रो दाबीचाहिँ छ।’

जसपाले उपराष्ट्रपतिमा दाबी गरिरहँदा लोसपाले भने राष्ट्रपतिमा आफ्नै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नै सकभर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन सकिन्छ कि भनेर पहल गरिरहेको छ। त्यसका लागि केही समययता लोसपा नेताहरु शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ला खटिरहेको एक नेताले बताए। लोसपा अध्यक्ष ठाकुरलाई ठूला दलहरुबाट सर्वसम्मत उम्मेदवार बनाउनका लागि नेता भण्डारी कांग्रेसतर्फ र नेता शुक्ल एमालेतर्फ संवादमा व्यस्त रहेका छन्।

त्यसो त ठाकुर आफैंले पनि शीर्ष नेताहरुसँग संवाद बढाएका छन्। उनी केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा चढेर उनको निवास बालकोट पुगेका थिए। ओलीका अन्य रणनीति असफल भएमा उनले नै ठाकुरलाई उम्मेदवार प्रस्ताव गर्ने चर्चा पनि भइरहेका छन्।

Ncell 2
Ncell 2

ठाकुरले मंगलबार मात्रै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न बुधवार पार्टी बैठक बोलाएका ठाकुरले अघिल्लो दिन भेटघाटका लागि बालुवाटार पुगेका हुन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीका अनुसार, राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री र ठाकुरबीच छलफल भएको छ। लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई सर्वसम्मत राष्ट्रपति उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको र त्यसकै लागि प्रधानमन्त्रीसँग छलफल गरेको समेत भण्डारीले बताए।

राजनीति तरल रहेको अहिलेको अवस्थामा कसले कुन पदमा बाजी मार्छ, आकलन गर्न कठिन छ। ठाकुरको चर्चा त्यसैले पनि उल्लेखनीय विषय हो।

जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि प्रमुख दलहरुका कारण राष्ट्रपति निर्वाचनको तस्बिर प्रष्ट नभएकाले आफूहरुले अहिले नै कुनै ठोस धारणा नबनाएको बताए। उनले पनि कांग्रेस, एमाले र माओवादी केन्द्रले लिने निर्णयले मात्रै आफूहरु के गर्ने भनेर प्रष्ट हुने बताए।

यस्तै अन्योलपूर्ण परिस्थिति रहेकै बेलामा पहिलो संविधान सभाकालमा मधेस केन्द्रित दलहरुका तर्फबाट परमान्द झाले उपराष्ट्रपति जितेका थिए। त्यस्तै उनीहरुकै मतका आधारमा कांग्रेसबाट उम्मेदवार बनेका रामवरण यादव पनि राष्ट्रपतिमा विजयी भएका थिए। परिणामतः मुलुकले पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी समुदायबाट पाएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार आयोगले उनीहरूलाई स्पष्टीकरण सोधको हो । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राउतलाई सार्वजनिक स्थान (चौबाट... बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि  सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको... बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो? बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्