• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा मधेस केन्द्रित दलहरु प्रमुख पार्टीको निर्णय कुर्दै

64x64
नवीन झा मंगलबार, फागुन ९, २०७९  २०:३७
1140x725

काठमाडौं- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर राजनीति तातिरहेको छ। प्रमुख दलहरु आफू अनुकूल व्यक्तिलाई शीतल निवास प्रवेश गराउन प्रयत्नरत छन्। तर मधेस केन्द्रित दलहरुले भने आफ्नो रणनीति तय गरिसकेका छैनन्। प्रमुख पार्टीहरुले लिने निर्णयपछि मात्रै जसपादेखि नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्धारण हुने यी पार्टी सम्बद्ध नेताहरुको प्रतिक्रिया छ।

‘हामीहरु आफैंले केही निर्णय गर्दैमा केही हुनेवाला नै छैन’, मधेस केन्द्रित एक दलका एक शीर्ष नेता भन्छन्, ‘त्यसैले कांग्रेस, एमाले र माओवादी केन्द्रले के कस्तो निर्णय लिन्छन्, त्यसपछि मात्रै हामीले आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने हुन्छ।’

संघदेखि प्रदेशसम्म उपस्थिति रहेका जसपा, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीको कूल मतभार पाँच हजारभन्दा माथि छ। त्यसैले राष्ट्रपति निर्वाचनमा उनीहरुको साथ र समर्थन पनि महत्त्वपूर्ण हुनेछ। मुख्य दलहरु विभाजित भएर उम्मेदवार तय गरेमा सानो संख्याको मत पनि निर्णायक हुनसक्छ।

जसपाले शनिबार र आइतबार पार्टीको कार्यकारणी समिति बैठक गरेको थियो। लोसपाले पनि बुधबार पार्टीको कार्यकारणी समिति बैठक बोलाएको छ। जनमत पार्टीको अघिल्लो हप्ता मात्रै पार्टीको बैठक राखेको थियो। ती बैठकहरुमा पार्टीको कामहरुका साथै समसामयिक राजनीतिका बारेमा छलफल भएको र हुने बताइएको छ। समसामयिक विषयमा मुख्यतः राष्ट्रपति निर्वाचन नै पर्छ। तर नेताहरु भन्छन्, ‘हामीले मात्रै छलफल गरेर केही नहुने भएकाले प्रमुख दलहरुले लिने निर्णयलाई कुरेर बसेका छौं।’

जसपा नेता राजकिशोर यादवले पनि आफ्नो पार्टी प्रमुख दलहरुको निर्णयपछि मात्रै राष्ट्रपति निर्वाचन बारेमा निर्णय लिने बताए। जसपाले अनौपचारिक रुपमा उपराष्ट्रपतिमा दाबी गरेको छ। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ मा हुने गरी मिति तय भएको छ। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ र उपराष्ट्रपति निर्वाचनका लागि फागुन २६ मा उम्मेदवारी दर्ता हुने मिति तय भएको छ।

जसपा नेता यादवले उपराष्ट्रपतिमा जसपाले उम्मेदवारी दिने गरी छलफल चलिरहेको बताए। ‘पहिला राष्ट्रपति निर्वाचनमा के-कस्तो समीकरण बन्छ, त्यो अझै प्रष्ट नै छैन’, उनले भने, ‘त्यसपछि मात्रै उपराष्ट्रपतिका बारेमा ठोस निर्णय गर्छौं। यद्यपि यसमा हाम्रो दाबीचाहिँ छ।’

जसपाले उपराष्ट्रपतिमा दाबी गरिरहँदा लोसपाले भने राष्ट्रपतिमा आफ्नै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नै सकभर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन सकिन्छ कि भनेर पहल गरिरहेको छ। त्यसका लागि केही समययता लोसपा नेताहरु शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ला खटिरहेको एक नेताले बताए। लोसपा अध्यक्ष ठाकुरलाई ठूला दलहरुबाट सर्वसम्मत उम्मेदवार बनाउनका लागि नेता भण्डारी कांग्रेसतर्फ र नेता शुक्ल एमालेतर्फ संवादमा व्यस्त रहेका छन्।

त्यसो त ठाकुर आफैंले पनि शीर्ष नेताहरुसँग संवाद बढाएका छन्। उनी केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा चढेर उनको निवास बालकोट पुगेका थिए। ओलीका अन्य रणनीति असफल भएमा उनले नै ठाकुरलाई उम्मेदवार प्रस्ताव गर्ने चर्चा पनि भइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ठाकुरले मंगलबार मात्रै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न बुधवार पार्टी बैठक बोलाएका ठाकुरले अघिल्लो दिन भेटघाटका लागि बालुवाटार पुगेका हुन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीका अनुसार, राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री र ठाकुरबीच छलफल भएको छ। लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई सर्वसम्मत राष्ट्रपति उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको र त्यसकै लागि प्रधानमन्त्रीसँग छलफल गरेको समेत भण्डारीले बताए।

राजनीति तरल रहेको अहिलेको अवस्थामा कसले कुन पदमा बाजी मार्छ, आकलन गर्न कठिन छ। ठाकुरको चर्चा त्यसैले पनि उल्लेखनीय विषय हो।

जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि प्रमुख दलहरुका कारण राष्ट्रपति निर्वाचनको तस्बिर प्रष्ट नभएकाले आफूहरुले अहिले नै कुनै ठोस धारणा नबनाएको बताए। उनले पनि कांग्रेस, एमाले र माओवादी केन्द्रले लिने निर्णयले मात्रै आफूहरु के गर्ने भनेर प्रष्ट हुने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै अन्योलपूर्ण परिस्थिति रहेकै बेलामा पहिलो संविधान सभाकालमा मधेस केन्द्रित दलहरुका तर्फबाट परमान्द झाले उपराष्ट्रपति जितेका थिए। त्यस्तै उनीहरुकै मतका आधारमा कांग्रेसबाट उम्मेदवार बनेका रामवरण यादव पनि राष्ट्रपतिमा विजयी भएका थिए। परिणामतः मुलुकले पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी समुदायबाट पाएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धिको विवरणमा सार्वजनिक प्रशासन, कर्मचारी अनुशासन, सार्वजनिक खरिद,... शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित समावेशी समूहअन्तर्गत पनि चिकित्सक र इन्जिनियरहरूको उपस्थिति उल्लेख्य छ । आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्