काठमाडौं– फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी)का मुख्य स्ट्राइकर नेयमार गम्भीर घाइते भएका छन् । आइतबार राति लिलसँग भएको खेलमा नेयमार घाइते हुँदै मैदानबाट बाहिरिएका थिए।
मेडिकल टिमले नेयमारको चोट जाँच गरिसकेपछि कम्तीमा पनि एक महिना मैदान बाहिर हुने जानकारी गराएको छ। मुख्य स्ट्राइकर नेयमार नै एक महिना मैदान बाहिर हुने भएपछि पीएसजीमाथि तनाव थपिएको छ।
आउँदो साता पीएसजीले बायर्न म्युनिखसँग च्याम्पिसन्स लिगको दोस्रो लेग खेल्दैछ। यसअघिको पहिलो आफ्नै घरेलु मैदानमा हुँदा पीएसजीले हार ब्यहोरेको थियो। अन्तिम आठमा प्रवेश गर्नका लागि पएिसजीलाई दोस्रो लेग जित्नै पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।