काठमाडौं– स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ। बार्सिलोनाले काडिजलाई २-० गोल अन्तरले हरायो।
बार्सिलोनाका लागि सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले १–१ गोल गरे। रोबर्टोले खेलको ४३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गरे।
दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन सकेन। अन्तत: बार्सिलोनाले २–० को जित निकाल्यो।
आइतबारको जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ। बार्सिलोनाले २२ खेलमा ५९ अंक जोडेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २२ खेलबाट ५१ अंक छ।
२२ खेल नै खेलेको काडिज २२ अंक जोडेर अंक तालिकाको १७औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।