• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बजारभरी म्याद गुज्रेका वस्तु छ्याप–छ्याप्ती: ग्राहक झुक्याउन कतै रिलेवलिङ त कतै बजार मूल्यभन्दा तेब्बर बढीमा बिक्री 

64x64
कल्पना घिमिरे आइतबार, फागुन ७, २०७९  १८:५३
1140x725

काठमाडौं– अहिले बजारमा म्याद गुज्रेका वस्तु बिक्री गर्नेदेखि मनलाग्दी मूल्य असुल्नेहरुको बिगबिगी छ। पछिल्लो केही दिनयता भइरहेको अनुगमनका क्रममा बजारभरी म्याद गुज्रेका खाद्यवस्तु छ्यापछाप्ती फेला परेका छन्। 

साथै बजार मूल्यभन्दा तेब्बरसम्म रकम असुल्ने गरेको पनि पाइएको छ। यस्ता कार्य गर्ने व्यवासायीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बताउँछन्। 

‘अहिले विवाहको सिजन भएकाले हामीले अनुगमनलाई नियमितभन्दा कडाइ गरेका छौं। अनुगमनमा धेरैभन्दा धेरै म्याद गुज्रेका रक्सी तथा बियर भेट्टायौं। अन्य पसलहरुमा पनि म्याद गुज्रेर रिलेबलिङ गरेका वस्तु बिक्री गर्ने तथा उपभोक्तासँग बढी रकम असुल्ने गरेको पाइएको छ। त्यसरी म्याद गुज्रेका वस्तु बिक्री गरेर कालो बजारी गरेको फेला पारे विभागले कारबाही गर्छ’, उनले भने।

फागुन २ गतेदेखि ५ गतेसम्म विभागले ५१ ओटा पसलहरुमा अनुगमन गरेको थियो। जसमध्ये म्याद गुज्रेका वस्तु बिक्री गर्ने, रिलेबलिङ गर्ने तथा कालो बजारी गर्ने र बिलविजक नराख्ने १७ ओटा पसलहरुमाथि कारबाही गरिएको छ। ३४ वटा पसललाई भने सचेत गराइएको छ। 

म्याद गुज्रेका मदिरा छ्यापछ्याप्ती 
यतिबेला मदिरा व्यवसायीहरुले लाखौं मूल्य बराबरका मदिराहरु म्याद गु्ज्रिए पनि बिक्रीका लागि भण्डारण गरेको पाइएको छ। विभागले गरेको अनुगमनका क्रममा यस्ता म्याद गुज्रिएका बियरहरु भेटिएका छन्। 

फागु्न २ गते गरिएको अनुगमनमा विभागले धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ् प्रालिबाट उक्त कम्पनीका तीनवटा गोदाममा बाह्रसिङ्गे ब्राण्डका बियर म्याद गुज्रेको अवस्थामा फेला पार्‍यो। उक्त ब्राण्डका दुई आकारका (६५० मिलि र ३३० मिलि) बोत्तलमा रहेका २१ सय कार्टुन करिब ६० लाख रुपैयाँ बराबरको बियर फेला पार्‍यो। कारबाहीका लागि विभागले सोही दिन उक्त गोवदामहरु सिल गरेको छ। 

यस्तै फागुन ३ गते विभागले सिनामंगलस्थपत संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँको गोदाममा पनि म्याद गुज्रेका बियहरु फेला पार्‍यो। जसमा टुबोर्ग, सानमिगल, गोर्खाफिमियम र काल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर करिब ३५५ कार्टुन भेटिए। उक्त बियरको परिमाणत्मक मूल्य करिब १३ लाख ९० हजार रुपैयाँ पर्ने देखिएको छ। कार्टुन विभागले सिलबन्दी गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। 

सोही दिन सिनामंगलकै अर्को सिके टे«डिङ प्रालिको गोदाममा भण्डारण गरिरहेको अवस्थामा ३०२ कार्टुन टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ब्राण्डका बियर म्याद गुज्रेको अवस्थामा फेला पारेको थियो। उक्त परिमाणको बियरको बजार मूल्य करिब ८ लाख ७५ हजार रुपैयाँ पर्ने देखिएको छ। उक्त सिलबन्दी गरिएका २ ओटा गोदामबाट म्याद गुज्रेका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिएको छ।

Ncell 2
Ncell 2

म्याद नाघेका वस्तु रिलेवलिङ गरी दोब्बर/तेब्बर मूल्यमा बिक्री

बजारमा व्यापारीहरुले म्याद गुज्रेको वस्तुलाई म्याद थप गरी बिक्री गर्ने गरेकोसमेत पाइएको छ। त्यस्तै व्यापारीहरुले खुद्रा मूल्यमा दोब्बर/तेब्बर बढी मूल्य राखेर बिक्री गर्ने गर्दा कालो बजारी बढेको छ।

फागन २ गते विभागको नियमित अनुगमन टोलिले पुल्चोकको एक रेस्टुरेन्टमा अनुगमन गरेको थियो। उक्त रेस्टुरेन्टमा म्याद गुज्रेका वस्तुलाई रिलेवलिङ (वस्तुको मूल्य नापतौल वा गुणस्तर हेरफेर) गरेको फेला पारेपछि रिलेवलिङ गरेको कसुरमा २ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागको नियमित अनुगमनका क्रममा फागुन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र बाह्य टर्मिनलभित्र रहेका पसलहरुमा पनि बजार मूल्यभन्दा दोब्बर/तेब्बर बढी मूल्यमा बिक्री गरिरहेको पाइयो। जसमा ९ वटा पसलहरुलाई १५ लाख रुपैयाँ  जरिवाना गरिएको छ। 

विभागका अनुसार खुद्रा मूल्य भन्दा चर्को मूल्य असुल गर्नेमा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कफि एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट प्रालि, ओमनवदुर्गा इन्टर प्राइजेज प्रालि र आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी एण्ड कफी कन्फेक्सनरी सप, होटल स्वनिङ(कफी एड कन्फेक्सनरी) पिडी इन्टरप्राइजेज प्रालि तथा होटल स्वानिङ रहेका छन्।

मूल्य सूची र खरिद बिलविजक नै राख्दैनन् व्यापारी
दैनिक अनुगमनकै क्रममा विभागको टोलीले फागुन ३ गते चुच्चेपाटीको एक पसलमा खरिद बिलविजक नै नराखेको फेला पार्‍यो। उक्त पसललाई बिलविजक नराखेको कसुरमा ५ हजार रुपैयाँ जरिवाना गरेको छ। सोहीदिन अनुगमनकै क्रममा विभागको टोलीले बौद्धको एक तरकारी तथा फलफूल पसलमा अनुगमन गर्दा उक्त पसलले अनुगमन टोलीलाई अनुगमनमा सहयोग नगरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ।

फागुन ५ गते विभागको टोलीले ठिमीको संगम कोलोनीमा रहेको एक रेस्टुरेन्टमा मूल्य सूची र दर्ता प्रमाण पत्र नराखी सञ्चालन गरेको पायो। उक्त रेस्टुरेन्टलाई मूल्य सूची दर्ता प्रमाण पत्र नराखेको कसुरमा ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

सोही दिन विभागको टोलीले कालिकास्थानमा रहेको एक पसलमा खरिद बिलविजक नराखी व्यवसाय गर्दै आएको फेला पारेपछि १० हजार रुपैयाँ जरिवान गरेको छ।

यि त अनुगमन गरिएका पसलहरु भए। तर अनुगमनबाट ओझेलमा परेका पसलहरुले कसरी उपभोक्ता ठगिरहेका छन् भन्ने पत्तो छैन। विभागले यसरी ठगी गरेको पाइएमा ११३७ नम्बरमा फोन गरेर गुनासो टिपाउन अनुरोध गरेको छ। विभागका अनुसार हरेक दुई पसलको अन्तरमा यस्ता गल्तीहरु भेटिन सक्छन्। अधिकांश पसलहरुले उपभोक्तालाई या त रिलेवलिङ गरेर बिक्री गरिरहेका हुन्छन् या बजार मूल्यभन्दा चर्को मूल्यमा बिक्री गरिरहेका हुन्छन्।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबर... मंगलबार, कात्तिक १८, २०८२
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन? सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्र प्रयोग ग... मंगलबार, कात्तिक १८, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सुनको मुल्य घट्यो मंगलबार, कात्तिक १८, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्