• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बजारभरी म्याद गुज्रेका वस्तु छ्याप–छ्याप्ती: ग्राहक झुक्याउन कतै रिलेवलिङ त कतै बजार मूल्यभन्दा तेब्बर बढीमा बिक्री 

64x64
कल्पना घिमिरे आइतबार, फागुन ७, २०७९  १८:५३
1140x725

काठमाडौं– अहिले बजारमा म्याद गुज्रेका वस्तु बिक्री गर्नेदेखि मनलाग्दी मूल्य असुल्नेहरुको बिगबिगी छ। पछिल्लो केही दिनयता भइरहेको अनुगमनका क्रममा बजारभरी म्याद गुज्रेका खाद्यवस्तु छ्यापछाप्ती फेला परेका छन्। 

साथै बजार मूल्यभन्दा तेब्बरसम्म रकम असुल्ने गरेको पनि पाइएको छ। यस्ता कार्य गर्ने व्यवासायीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बताउँछन्। 

‘अहिले विवाहको सिजन भएकाले हामीले अनुगमनलाई नियमितभन्दा कडाइ गरेका छौं। अनुगमनमा धेरैभन्दा धेरै म्याद गुज्रेका रक्सी तथा बियर भेट्टायौं। अन्य पसलहरुमा पनि म्याद गुज्रेर रिलेबलिङ गरेका वस्तु बिक्री गर्ने तथा उपभोक्तासँग बढी रकम असुल्ने गरेको पाइएको छ। त्यसरी म्याद गुज्रेका वस्तु बिक्री गरेर कालो बजारी गरेको फेला पारे विभागले कारबाही गर्छ’, उनले भने।

फागुन २ गतेदेखि ५ गतेसम्म विभागले ५१ ओटा पसलहरुमा अनुगमन गरेको थियो। जसमध्ये म्याद गुज्रेका वस्तु बिक्री गर्ने, रिलेबलिङ गर्ने तथा कालो बजारी गर्ने र बिलविजक नराख्ने १७ ओटा पसलहरुमाथि कारबाही गरिएको छ। ३४ वटा पसललाई भने सचेत गराइएको छ। 

म्याद गुज्रेका मदिरा छ्यापछ्याप्ती 
यतिबेला मदिरा व्यवसायीहरुले लाखौं मूल्य बराबरका मदिराहरु म्याद गु्ज्रिए पनि बिक्रीका लागि भण्डारण गरेको पाइएको छ। विभागले गरेको अनुगमनका क्रममा यस्ता म्याद गुज्रिएका बियरहरु भेटिएका छन्। 

फागु्न २ गते गरिएको अनुगमनमा विभागले धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ् प्रालिबाट उक्त कम्पनीका तीनवटा गोदाममा बाह्रसिङ्गे ब्राण्डका बियर म्याद गुज्रेको अवस्थामा फेला पार्‍यो। उक्त ब्राण्डका दुई आकारका (६५० मिलि र ३३० मिलि) बोत्तलमा रहेका २१ सय कार्टुन करिब ६० लाख रुपैयाँ बराबरको बियर फेला पार्‍यो। कारबाहीका लागि विभागले सोही दिन उक्त गोवदामहरु सिल गरेको छ। 

यस्तै फागुन ३ गते विभागले सिनामंगलस्थपत संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँको गोदाममा पनि म्याद गुज्रेका बियहरु फेला पार्‍यो। जसमा टुबोर्ग, सानमिगल, गोर्खाफिमियम र काल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर करिब ३५५ कार्टुन भेटिए। उक्त बियरको परिमाणत्मक मूल्य करिब १३ लाख ९० हजार रुपैयाँ पर्ने देखिएको छ। कार्टुन विभागले सिलबन्दी गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। 

सोही दिन सिनामंगलकै अर्को सिके टे«डिङ प्रालिको गोदाममा भण्डारण गरिरहेको अवस्थामा ३०२ कार्टुन टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ब्राण्डका बियर म्याद गुज्रेको अवस्थामा फेला पारेको थियो। उक्त परिमाणको बियरको बजार मूल्य करिब ८ लाख ७५ हजार रुपैयाँ पर्ने देखिएको छ। उक्त सिलबन्दी गरिएका २ ओटा गोदामबाट म्याद गुज्रेका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

म्याद नाघेका वस्तु रिलेवलिङ गरी दोब्बर/तेब्बर मूल्यमा बिक्री

बजारमा व्यापारीहरुले म्याद गुज्रेको वस्तुलाई म्याद थप गरी बिक्री गर्ने गरेकोसमेत पाइएको छ। त्यस्तै व्यापारीहरुले खुद्रा मूल्यमा दोब्बर/तेब्बर बढी मूल्य राखेर बिक्री गर्ने गर्दा कालो बजारी बढेको छ।

फागन २ गते विभागको नियमित अनुगमन टोलिले पुल्चोकको एक रेस्टुरेन्टमा अनुगमन गरेको थियो। उक्त रेस्टुरेन्टमा म्याद गुज्रेका वस्तुलाई रिलेवलिङ (वस्तुको मूल्य नापतौल वा गुणस्तर हेरफेर) गरेको फेला पारेपछि रिलेवलिङ गरेको कसुरमा २ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागको नियमित अनुगमनका क्रममा फागुन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र बाह्य टर्मिनलभित्र रहेका पसलहरुमा पनि बजार मूल्यभन्दा दोब्बर/तेब्बर बढी मूल्यमा बिक्री गरिरहेको पाइयो। जसमा ९ वटा पसलहरुलाई १५ लाख रुपैयाँ  जरिवाना गरिएको छ। 

Xtrem

Xtrem

विभागका अनुसार खुद्रा मूल्य भन्दा चर्को मूल्य असुल गर्नेमा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कफि एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट प्रालि, ओमनवदुर्गा इन्टर प्राइजेज प्रालि र आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी एण्ड कफी कन्फेक्सनरी सप, होटल स्वनिङ(कफी एड कन्फेक्सनरी) पिडी इन्टरप्राइजेज प्रालि तथा होटल स्वानिङ रहेका छन्।

मूल्य सूची र खरिद बिलविजक नै राख्दैनन् व्यापारी
दैनिक अनुगमनकै क्रममा विभागको टोलीले फागुन ३ गते चुच्चेपाटीको एक पसलमा खरिद बिलविजक नै नराखेको फेला पार्‍यो। उक्त पसललाई बिलविजक नराखेको कसुरमा ५ हजार रुपैयाँ जरिवाना गरेको छ। सोहीदिन अनुगमनकै क्रममा विभागको टोलीले बौद्धको एक तरकारी तथा फलफूल पसलमा अनुगमन गर्दा उक्त पसलले अनुगमन टोलीलाई अनुगमनमा सहयोग नगरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ।

फागुन ५ गते विभागको टोलीले ठिमीको संगम कोलोनीमा रहेको एक रेस्टुरेन्टमा मूल्य सूची र दर्ता प्रमाण पत्र नराखी सञ्चालन गरेको पायो। उक्त रेस्टुरेन्टलाई मूल्य सूची दर्ता प्रमाण पत्र नराखेको कसुरमा ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

सोही दिन विभागको टोलीले कालिकास्थानमा रहेको एक पसलमा खरिद बिलविजक नराखी व्यवसाय गर्दै आएको फेला पारेपछि १० हजार रुपैयाँ जरिवान गरेको छ।

यि त अनुगमन गरिएका पसलहरु भए। तर अनुगमनबाट ओझेलमा परेका पसलहरुले कसरी उपभोक्ता ठगिरहेका छन् भन्ने पत्तो छैन। विभागले यसरी ठगी गरेको पाइएमा ११३७ नम्बरमा फोन गरेर गुनासो टिपाउन अनुरोध गरेको छ। विभागका अनुसार हरेक दुई पसलको अन्तरमा यस्ता गल्तीहरु भेटिन सक्छन्। अधिकांश पसलहरुले उपभोक्तालाई या त रिलेवलिङ गरेर बिक्री गरिरहेका हुन्छन् या बजार मूल्यभन्दा चर्को मूल्यमा बिक्री गरिरहेका हुन्छन्।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट... सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्