काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी पराजित भएको छ।
साउथह्याम्पटनले चेल्सीलाई उसकै घरेलु मैदानमा १–० गोलले हरायो। साउथह्याम्पटनलाई जितमा जेम्स वार्ड प्राउसको गोल निर्णायक बन्यो।
जेम्सले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गोल गरे। जुन खेलको एक मात्रै तथा निर्णायक गोल बन्यो।
इंग्लिस प्रिमियर लिगमा आर्सनल ५४ अंकसहित शीर्ष स्थानमा छ। २३ खेल खेलेको चेल्सी ३१ अंकका साथ १०सौं स्थानमा छ।
चेल्सीलाई हराएको साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २०औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।