काठमाडौं– इटालियन फुटबल विग सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा इन्टर मिलानले जित निकालेको छ। इन्टरले उडिनेजेलाई ३-१ गोल अन्तरले हरायो।
इन्टरका लागि रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले १–१ गोल गरे। उडिनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काए।
जितसँगै इन्टर मिलानले ४७ अंक जोडेको छ। २३ खेल खेलेको इन्टर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको नापोलीको ६२ अंक छ। २३ खेल नै खेलेको उडिनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।
सिरी ए अन्तर्गतको अर्को खेलमा एसी मिलानले मोन्जालाई १-० ले हरायो। मिलानको जितमा जुनियर मेस्सीयासले निर्णायक गोल गरे।
मिलान ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। मोन्जा २९ अंकसहित तालिकाको ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।