काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलामा रियल मड्रिडले आसासुनलाई २–० ले हराएको छ। आसासुनसँगको जितपछि रियलका लागि उपाधि हात पार्ने सम्भावना कायमै रहेको छ।
पहिलो हाफसम्म गोलरहित बराबरीमा रहेको खेलामा दोस्रो हाफमा रियलका लागि फेडरिको भाल्भेरडे र मार्को एसेन्साओले गोल गरे।
खेलको ७८ औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सिओले गोल गरे।
यो जितपछि रियलको २२ खेलबाट ५१ अंक भएको छ। एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित शीर्ष स्थानमा छ। ओसासुना भने ३० अंक जोडेर १० औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।