काठमाडौं– टर्कीमा आएको भूकम्पमा परी घानाका फुटबलर क्रिश्चन एत्सुको निधन भएको छ। भूकम्प गएको करिब २ हप्तापछि उनको शव भग्नावशेष मुनि फेला परेको हो।
क्रिश्चन एत्सुका एजेन्टले उनको निधन भएको पुष्टि गरेका छन्। ३१ वर्षका क्रिश्चन प्रीमियर लीगमा एवर्टन, चेलसा र न्यूक्यासल क्लबबाट खेलिसकेका छन्।
उनी भूकम्पपछि ६ फेब्रुअरीमा बेपत्ता भएका थिए। उनको अपार्टमेन्ट भुकम्पले ढलेको थियो। क्रिश्चनको क्लब हताएस्पोरले सुरुमा उनलाई बचाइएको र चोटग्रस्त भएको दाबी गरेको थियो।
तर, उनको एजेन्ट नाना सशीयरले सामाजिक सञ्जाल ट्विटरमार्फत् मृत्युबारे जानकारी दिएका छन्। ‘धेरै भारी मन लिएर मैले भन्नुपरेको छ। क्रिश्चन अत्सुको शव आज बिहान फेला परेको छ। उनको परिवारका साथ मेरो समवेदना छ।’
एत्सु हताएपोर क्लबमा सेम्टेम्बर २०२२ मा जोडिएका थिए। उनले पाँच फेब्रुअरीमा भएको सुपरलिगमा क्लबलाई जिताउने गोल पनि गरेका थिए। दक्षिण टर्की र उत्तरी सीरियामा आएको भूकम्पमा हालसम्म ४१ हजारभन्दा धेरैको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।