काठमाडौं– कतार स्लामिक बैंकका अध्यक्ष तथा कतारका पूर्वप्रधानमन्त्रीका छोरा शेख जसीम बिन हमाल अल थानीले विश्वको चर्चित फुटबल क्बल म्यानचेस्टर यूनाइटेड खरिदकर्ताको होडमा आफ्नो नाम पनि घोषणा गरेका छन्।
उनले एक बयान जारी गर्दै आफ्नो फाउन्डेशन ‘नाइन टू फाउन्डेशन’ चर्चित क्लब म्यानचेस्टरको बिक्री लिलालमीमा भाग लिने बताएका हुन्।
शेख जसीमले उक्त क्लब खरिद गरेपछि यसको पुरानो गौरवशाली क्षण फर्काउने दाबी गरेका छन्। साथै समर्थकको मनमा फेरि म्यानचेस्टर यूनाइटेड स्थापित हुने उनले दाबी गरेको बीबीसीले जनाएको छ।
यता सर जिम र्याटक्लिफको कम्पनी पनि उक्त लिलामीमा सहभागी हुने भएको छ। यसअघि ग्लेजर परिवारले म्यानचेस्टर यूनाइटेड बिक्री गर्ने घोषणा गरेको थियो। उक्त परिवारले सन् २००५ मा यो क्लब खरिद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।