• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लघुवित्तको ऋण लिएर सही सदुपयोग गर्न नजान्दा तिर्न समस्या

64x64
कल्पना घिमिरे शनिबार, फागुन ६, २०७९  ०८:०१
1140x725

काठमाडौं– ‘बचत तथा ऋण सहकारी तथा लघुवित्त बन्द गर। तिमीलाई थाहा छ सरकार? हाम्रो देशको ६० प्रतिशत पैसा बचत तथा ऋण सहकारीमार्फत् परिचालित छ। ४० प्रतिशत मात्र निजी तथा सरकारी बैंकमार्फत् परिचालित छ। सहकारीको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर।’

इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको टिप्पणीको २१औं नम्बर बुँदामा यस्तो लेखेका थिए।

त्यसैको भोलिपल्ट सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकले १५ हजार ऋणमध्ये बाँकी रहेको ४ हजार रुपैयाँको किस्ता तिर्न नसकेर आत्महत्या गरे।

मरिकले गाउँमा रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट अघिल्लो वर्ष १५ हजार रुपैयाँ ऋण लिएका थिए। यसमध्ये ११ हजार रुपैयाँ ऋण तिरिसकेकामा ४ हजार तिर्न बाँकी थियो। छिन्नमस्ता गाउँपालिकाका विद्यमान चौधरीका अनुसार सोमबार मासिक बैठक थियो। पैसा नभएपछि बैठकमा गएनन्। बैठकमा नपुगेपछि संस्थाका कर्मचारी घरमै आएर पैसा तिर्न दबाब दिएको र त्यसपछि ऋण खोज्न हिँडेका मरिक मृत भेटिएका थिए।

उनले अघिल्लो वर्ष मंसिरमा छोराको बिहेका लागि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार रुपैयाँ ऋण लिएका थिए। त्यसमध्ये करिब ४४ हजार रुपैयाँ तिर्न बाँकी छ। उक्त ऋण रकम सबै बिहेमा सकिएपछि मरिकले श्रीमतीलाई गाउँकै वित्तीय संस्थामा आबद्ध गराई १५ हजार रुपैयाँ ऋण लिएका थिए।

यो गत माघ ११ गतेको घटना हो। लघुवित्तको ऋणका कारण आत्महत्याका घटना दिनहुँ भइहेका छन्।

गाउँघरमा समस्या
पछिल्लो समय सुलभ कर्जा प्रवाहका लागि खोलिएका लघुवित्त संस्थाको  कर्जा प्रवाहले गाउँघरमा निकै समस्या बढेको छ। ऋण तिर्न नसकेर आत्महत्या गर्ने, घर छाडेर फरार हुने, लघुवित्त संस्थाले ऋणीहरुबाट वस्तुभाउ जफत गर्ने जस्ता समस्या निम्तिएका छन्।

यो समस्या समाधानका लागि बुधबार भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतको बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने सहमति भयो। र, लघुवित्तहरुले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको  १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र दिने सहमति भएको छ। साथै, एक ग्राहकले एउटाभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन मिलाउने सहमति भयो।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँमै बिनाधितोमा कर्जा सजिलै पाउने भएकाले ऋणिहरुले ऋण लिएपछि सदुपयोग गर्न नजान्दा ठूलो समस्या निम्तिएको नेपाल लघुवित्त संघका पूर्वअध्यक्ष रामचन्द्र जोशी बताउँछन्।

‘ऋणीहरुले ऋण लिएपछि व्यापार व्यवसाय जस्ता आम्दानी हुने ठाउँमा लगाउनु पर्ने हो तर यहाँ के देखियो भने बिनाधितो सजिलै घरदैलोमै ऋण लिन सकिने सुविधा भएकाले ऋण लिने अनि घरायसी खर्च गर्ने प्रवृत्ति गर्दा यो समस्या देखिएको हो’, उनले भने।

साथै, उनले व्यापार व्यवसायमा आर्थिक संकट भएकाले पनि ऋणीहरुले अहिले ऋण तिर्न नसक्ने अवस्था रहेको बताए।
‘अहिले उद्योग, व्यापार व्यवसाय सम्पूर्णमा आर्थिक संकट छ। पहिला भारतले नाकाबन्दी गर्‍यो। कोरोना महामारी आयो देशैभरी लकडाउन कोरोना नसकिँदै डेंगु आयो त्यसपछि हरेक कुरामा महंगी बढ्यो यसले गर्दा सबै क्षेत्रमा आर्थिक संकट पर्‍यो। यसले पनि लघुवित्तको कर्जा प्रवाहमा समस्या देखिएको छ’, उनले भने।

लघुवित्त संस्थाले यस्तो आर्थिक संकटको बेलामा संकटमा ऋणीसँग ऋण फिर्ता माग्न नहुने समेत बताए। यस्तै, लघुवित्त संस्थाले बिनाधितोमा ऋण दिने हुँदा ऋणीको मालवस्तु जफत गर्न नहुने बताए।

Xtrem

Xtrem

अबका दिनमा कुनै पनि लघुवित्तले ऋण दिँदा हातमा नदिएर के व्यवसायका लागि ऋण लिएको हो बुझेर त्यही व्यवसायमा लगानी गरिदिनु पर्ने उनले बताए।

लक्ष्मी लघुवित्तका सीईओ प्रकाशराज शर्माले पनि ऋणीहरुले ऋण लिएर सही ठाउँमा सदुपयोग नगर्दा यस्तो समस्या निम्तिएको बताए। कोभिड माहामारी, डेङ्गु, रुस-युक्रेन युद्धको कारणले आम्दानीका स्रोत सुक्नु, महंगी बढ्नु प्रमुख कारण भएका र यही कारणले लघु वित्त कर्जामा समस्या सिर्जना भएको शर्माले बताए। 

'लघुवित्त खारेज गर्नु पर्छ भन्नु गलत'
‘हामीले घरदैलोमा सेवा प्रवाह जति पनि गर्‍यो ती सबै राम्रा कामलाई ओझलेमा पार्ने गरी साना गल्ती औंल्याएर लघुवित्तलाई खारेज गर्नु पर्छ भन्नु गलत हो। यसमा सरकारको अलिअलि ग्रामिण विकासका लागि लघुवित्त खोलिएका छन्। तर अरु जति पनि लघुवित्त संस्था छन् ती सबै निजी क्षेत्रबाट चलेका छन्। त्यहाँ गरिबी न्यूनिकरण गर्ने सरकारको दायित्वमा हाम्रा लघुवित्तले सघाउ पुर्‍याएको हो। त्यहाँ वित्तिय पहुँच पुर्‍याउने सरकारको दायित्वमा हामीले सहयोग पुर्‍याएको हो,’ शर्माले भने। 

तर, अहिले सबै चिजको समस्याको जग भनेको लघुवित्त भएको भ्रम फैलिएको उनी बताउँछन्। ‘लघुवित्तलाई खारेज गरिनुपर्छ। लघुवित्त हटाउनु पर्छ कसैले भन्नु हुन्छ, कालोमोसो दल्ने, जेलमा थुन्ने भन्नुहुन्छ। अब यो के हो बैंकिङ वित्तीय संस्था त अत्यावश्यक सेवामा बिनाधीतो दिइरहेका छौं। साढे चार खर्बको कर्जा हाम्रो गएको छ,’ शर्माले भने।

लघुवित्तले राष्ट्र बैंकले तोकेअनुसार १५ प्रतिशतभन्दा बढी ब्याज लिएको र चर्को ब्याज नलिएको उनले बताए। चर्को ब्याज लिने लघुवित्तलाई कारबाहीको दायरामा ल्याउने र आफूले लिएको भए पनि सजाय भोग्न तयार रहेको उनले बताए। कुनै पनि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज नलिएको उनले दाबी गरे। 

‘यो सेवा शुल्कको सन्दर्भमा अत्यधिक प्रतिस्पर्धा भयो र अहिले विभिन्न कारणले गर्दा ऋणीहरुले कर्जा तिर्न सकेनन्। नसकेपछि केही लघुवित्त संस्थाले त्यो कर्जालाई नवीकरण गरे। नवीकरण गर्दा पनि राष्ट्र बैंकमा प्रष्ट निर्देशन थिएन। त्यो बुझाईको फरकले पटकपटक सेवा शुल्क अशुली गरेको भन्ने कुरा हो,’ शर्माले भने, ‘जुन बुधबार अर्थमन्त्रीले १ अर्ब ६० करोड सेवा शुल्कबापतको फिर्ता दिने सहमति भएको भन्ने कुरा आएको छ। त्यो त्यही पैसा हो जुन वर्षमा कर्जा प्रवाह गर्दा १.५ प्रतिशत लिनु पर्ने हो तर राष्ट्र बैंकले विभिन्न व्याख्या गरेर सेवाबापत बढी लिए भनेकाले हाम्रा ग्राहक हुन् ग्राहकलाई फिर्ता जाने पैसा हो भने हामीले त्यो  हप्ता दिनमा फिर्ता गर्न सहमति गरेका हौं।’ 

कुनै पनि लघुवित्तले बिनाधितोमा ऋण दिने भएकाले ऋणिका मालवस्तु जफत गर्न नहुने र जफत गर्ने लघुवित्तलाई कारबाहीको दायरामा ल्याउनु पर्ने पनि शर्माले बताए।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्