काठमाडौं– युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २-२ गोलको बराबरी खेले।
पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बन्यो। दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले अग्रता लियो।
खेलको ५०औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, युनाइटेडका मार्कुस रासफोर्डले ५२औं मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २-१ ले अघि रह्यो। ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए।
दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।