काठमाडौं– युईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीलाई बुन्डेसलिगा क्लब डर्टमुन्डले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीमाथि डर्टमुन्डले १–० को जित निकालेको हो।
दोस्रो हाफको ६३औं मिनेटमा राफेल गुएरेराको पासमा करिम एडियमीले गोल गरेका थिए। बाँकी समय दुबै पक्षबाट गोल नभएपछि डर्टमुन्डले खेल १–० अन्तरले जित्यो।
चेल्सीले पाएका अवसरलाई सदुपयोग गर्न नस्कदा पहिलो लेगमा पराजित हुन पर्यो। दोस्रो खेल चेल्सीको घरेलु मैदानमा हुनेछ। अर्को चरणमा प्रवेश गर्नका लागि अब भने चेल्सीलाई जित्नै पर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।