• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संशयमा सत्तारुढ दलहरू

64x64
नवीन झा बुधबार, फागुन ३, २०७९  १९:४३
1140x725
सत्ता गठबन्धनका नेता।

काठमाडौं- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको माहोल नतातिँदै सत्तारुढ दलहरूभित्र संशय उत्पन्न भएको देखिन्छ। जसले गर्दा पुस १० को नाटकीय राजनीतिक परिघटनापश्चात् एक ठाउँमा आएका माओवादी केन्द्र र एमालेबीचको सहकार्य पनि कति लामो होला प्रश्न उब्जिएको छ।

पुस १० को सहमति अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ प्रधानमन्त्री भइसकेका छन्। एमालेले सभामुख पाइसकेको छ। एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन्। सोही सहमति अनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने एमालेको अडान छ। तर, राष्ट्रपति, सभामुख र कालान्तरमा प्रधानमन्त्री बन्ने स्थितिमा एउटा पार्टी-व्यक्तिमा शक्ति केन्द्रित हुने भन्दै विकल्प खोज्नुपर्ने माओवादीभित्र मत बलियो बन्दै गएको छ। उसले सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउन थालेको छ जसले एमालेलाई संशयमा धकेलेको छ। सत्ता साझेदारी पनि परिवर्तन हुने सक्ने आकलन सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले मंगलबार पार्टीको विद्यार्थी संगठनको महाधिवेशनमा बोल्दै वर्तमान सत्तारुढ गठबन्धन लामो समयसम्म नटिक्ने संकेत गरेका थिए। ओलीले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान गठबन्धन भत्किए पनि निराश नहुन आग्रह गरेका थिए।

सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका उनले वर्तमान सत्ता समीकरण परिर्वतन हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिनुअघि जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सार्वजनिक रुपमै वर्तमान सत्ता समीकरण भत्किने अभिव्यक्ति दिएका थिए।

कांग्रेस महामन्त्री थापाले त मिति नै तोकेर आउँदो फागुन १० सम्ममा वर्तमान सत्ता समीकरण नरहने दाबी गरेका छन्। जसपा अध्यक्ष यादवले पनि राष्ट्रपति निर्वाचनसँगै वर्तमान सत्ता समीकरण पनि नरहने सार्वजनिक अभिव्यक्ति दिएका छन्। 

यसरी सत्तारुढ दलहरूदेखि प्रतिपक्षसम्मका शीर्ष तथा प्रभावशाली नेताहरूले सत्ता समीकरण परिर्वतन हुने कुरा गरिरहँदा राजनीति नै तरंगित भएको देखिन्छ। तर, फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कस्तो समीकरण बन्ला  भन्नेचाहिँ निश्चित देखिएको छैन। माओवादी केन्द्रले लिने निर्णयले नै त्यसलाई प्रष्ट पार्ने छ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले यसअघि राष्ट्रपतिमा सर्वमान्य अनुहारको खोजी गर्ने र त्यो सम्भव नभए विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णय गरेको थियो। नेता देवन्द्र पौडेलले राष्ट्रपतिको सन्दर्भमा माओवादीले चाँडै औपचारिक निर्णय दिने बताएका छन्। पौडेलले राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता हुने भन्दै त्यसअगावै पार्टीले निर्णय लिने गरी बैठक गर्ने तयारी चलिरहेको बताए। ‘हामी यस बारेमा आन्तरिक छलफलमा छौँ’, पौडेलले भने, ‘एक–दुई दिनमा यस बारेमा निष्कर्षमा पुग्दैछौँ।’

एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिसहितको समर्थनमा पुस १० मा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पुस २६ मा नेपाली कांग्रेस र एकीकृत समाजवादीले समेत विश्वासको मत दिएका थिए। विश्वासको मत दिनुभन्दा अघिल्लो साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए। त्यहाँ भएको छलफलपछि नै देउवाले पार्टीभित्र विरोध रहँदारहँदै समेत विश्वासको मत दिने निर्णय गराएका थिए। कांग्रेसको यो निर्णयलाई त्यतिबेलैदेखि एमालेले अस्वाभाविक रुपमा हेरेको थियो जसलाई एमाले अध्यक्ष ओलीले ढोक्सा थापेको भन्दै कटाक्ष गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैमाथि रास्वपाका सभापति रवि लामिछानेको मन्त्री र सांसद दुवै पद खारेज भएपछि नयाँ राजनीतिक समीकरणको चर्चा झनै मूर्त रुपमा मुखरित हुन थालेको छ। संयन्त्रका अध्यक्ष ओलीले रास्वपालाई सरकारमा राखिराख्न र लामिछानेलाई नै पुनः गृहमन्त्री बनाउन प्रचण्डमाथि दबाब बढाएका थिए। तर, प्रचण्डले अस्वीकार गरेसँगै यी दुई नेताबीच चिसो बढेको विश्लेषण हुँदै आएको छ। रास्वपाले पनि सरकार छाडेको छ।

कांग्रेसले भने सुरुदेखि नै आफूहरूको प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्दै आएको छ। कांग्रेस नेता तथा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले कांग्रेसभन्दा पनि एमाले र माओवादी केन्द्रकै कारण वर्तमान सत्ता समीकरणका बारेमा विभिन्न प्रश्नहरू उठेको दाबी गरे। कांग्रेसले सत्ता समीकरण भत्किने गरी केही नगरेको भन्दै पौडेलले भने, ‘हामीले विगत सात वर्षमा वर्तमान राष्ट्रपतिज्यूले देखाउनुभएको व्यवहारप्रति प्रश्न मात्रै उठाएको हो।’ 

राष्ट्रपति भण्डारीको व्यवहारबाट माओवादी नै सबैभन्दा बढी पीडित रहेको भन्दै सांसद पौडेलले त्यसैकारण पनि उनीहरू सर्वमान्य वा कांग्रेसले भनिरहेको कुरासँग नजिक देखिएको तर्क गरे।

यति मात्र होइन कांग्रेस गत पुस १० मा माओवादीले एमालेसँग नयाँ गठबन्धन गरेर प्रचण्ड प्रधानमन्त्री बने पछि पनि उनीप्रति नरम देखिँदै आएको छ। र, एमालेप्रति भने कडा देखिँदै आएको छ। प्रधानमन्त्रीलाई विश्वासको मतदेखि माओवादीका मुख्यमन्त्रीहरूलाई विश्वासको मत दिने विषयमा कांग्रेसको सहयोगले यसलाई प्रष्ट पार्छ। जबकि, हार्ने निश्चित हुँदाहुँदै पनि प्रतिनिधि सभा र प्रदेश सभाका सभामुखमा एमालेसँग भने प्रतिस्पर्धा गरेको थियो।

राष्ट्रपति निर्वाचनसँगै पुस १० अघिको गठबन्धन ब्युँतिएमा कांग्रेसले संघीय मन्त्रीहरूदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूमा अवसर पाउने छ। एमाले भने प्रतिपक्षी शक्ति बन्ने छ। माओवादीले राष्ट्रपतिका सन्दर्भमा लिने निर्णयले नै धेरै राजनीतिक घटनाक्रम सुरुआत हुनेछ। 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार, भदौ १८, २०८३
सशस्त्र प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख, मृतक कर्मचारिका परिवारलाइ पनि राहत रकम दिइने बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्