पेरिस– युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिक र एसी मिलानले झिनो अन्तरको जित निकालेका छन्।
बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई उसकै घरेलु मैदानमा १–० ले पराजित गर्यो। यस्तै, सानसिरोमा भएको खेलामा एसी मिलानले टोटनह्यामलाई १–० ले हरायो।
सन् २०२० को फाइनलको पुनरावृत्तिका रूपमा लिइएको बायर्न र पीएसजी बीचको खेलमा किङ्सली कोमनले ५३औँ मिनेटमा निर्णायक गोल गरे। ३ वर्ष अगाडिको फाइनलमा पनि कोमनले नै निर्णायक गोल गरेका थिए।
टोटनह्यामसँग एसी मिलानको साँघुरो जितका लागि ब्राहिम डियाजको गोल निर्णायक बन्यो। उनले खेलको सुरुमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ब्राहिमको गोल नै पछि निर्णायक बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।