काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले २–० को जित निकालेको छ।
लिड्स युनाइटेडलाई २–० गोलले हराउने क्रममा मार्कुस रास्फोर्ड र गार्नाचोले गोल गरे।
खेलको अन्तयतिरको ५ मिनेटमा २ गोल गर्दै म्यानचेस्टर युनाइटेड विजयी भएको थियो। ८० औं मिनेटमा लुक शाको क्रस पासमा रास्फोर्डले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।
लगत्तै त्यसको ५ मिनेटपछि गार्नाचोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। बाँकी समय दुवैतर्फबाट गोल नभएपछि युनाइटेडले २–० को जित निकाल्यो। जितसँगै म्यानचेस्टर युनाइटेड २३ खेलबाट ४६ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।